रसुवा । रसुवा जिल्लामा बुधबार बिहान आएको बाढीले स्याफ्रुबेसी र टिमुरे बजार पूरै बगाएको छ । चीनको तिब्बतबाट आएको बाढी नेपाली क्षेत्रमा प्रवेश गरेको सहायक सीडीओ ध्रुवप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
अधिकारीका अनुसार, बाढीले स्याफ्रुबेसी र टिमुरे बजार पूर्ण रूपमा क्षति भएको छ । साथै, सो क्षेत्रमा रहेका थुप्रै जलविद्युत् आयोजना तथा निर्माण भइरहेका परियोजनाहरू पनि बाढीले क्षति पुर्याएको छ । उत्तरगया र बेत्रावती क्षेत्रमा पनि बाढीले व्यापक नोक्सानी गरेको उनले बताए ।
सामान्यतया त्रिशुली नदीको पानीको सतहभन्दा १५० देखि २०० मिटरसम्म माथि बाढी आएको अधिकारीले जनाएका छन् । “अवस्था भयावह छ,” उहाँले भन्नुभयो । बाढीले सडक र पुलहरू बगाएपछि उद्धार कार्यमा कठिनाई उत्पन्न भएको छ, हेलिकोप्टर अवतरण गर्नसमेत समस्या रहेको बताइएको छ ।
क्षति विवरण
सहायक सीडीओ अधिकारीले बाढीले ठूलो क्षति गरेको बताउनु भएको छ । उहाँले थप जानकारी दिँदै भन्नुभयो, “बाढीले व्यापक विनाश निम्त्याएको छ ।”
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्