नुवाकोट । भोटेकोसीतर्फबाट आएको बाढीले नुवाकोटको तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले बताउनुभएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईंका अनुसार बाढीबाट तटीय क्षेत्रमा अत्यधिक क्षति भएको छ । “धेरै ठूलो मानवीय क्षति भयो । भौतिक क्षतिको त कुरै नगरौँ,” उहाँले भन्नुभयो, “क्षतिको यकिन विवरण आइसकेको छैन । हामी यसमै लागिरहेका छौँ ।”
उहाँका अनुसार अहिले बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।
क्षतिको विवरण संकलन हुँदै
जिल्ला प्रशासन कार्यालय नुवाकोटले बाढीबाट मानवीय तथा भौतिक दुवै प्रकारको क्षति भएको जनाएको छ । तर, क्षतिको विस्तृत विवरण भने अझै प्राप्त भइसकेको छैन ।
प्रशासनले प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि आवश्यक सामग्री पठाउने तयारी गरिरहेको जनाएको छ । सुरक्षाकर्मी तथा सम्बन्धित निकायलाई परिचालन गरी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी संकलन गर्ने कामसमेत भइरहेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्