ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढी: २९ जनाको हवाई उद्धार


ABC NEWS
१० भदौ २०८३, बुधबार   ३ : १५   बजे

बाढी प्रभावित क्षेत्रमा उद्धारदेखि पुनर्निर्माणसम्मको जिम्मेवारी बाँडफाँट

काठमाडौं । सरकारले रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनर्निर्माणका लागि विभिन्न निकायको जिम्मेवारी तोकेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, प्रभावित नागरिकको उद्धार तथा राहतलाई तत्काल प्रभावकारी बनाउन विभिन्न मन्त्रालय तथा निकायलाई जिम्मेवारी दिइएको हो ।

घाइतेको उपचार र उद्धार

मन्त्रिपरिषद्को निर्णयअनुसार बाढीमा परी घाइते भएकाहरूको तत्काल निःशुल्क उपचार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना तथा सरकारी अस्पतालले गर्नेछन् ।

घाइते तथा बिचल्लीमा परेका नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउनेछन् । उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर परिचालन गरिनेछ ।

आवश्यकताअनुसार हेलिकोप्टरसहितका साधन तत्काल परिचालन गर्न गृहमन्त्रीलाई निर्देशन दिइएको छ ।

आश्रय, खानेपानी, विद्युत् र सञ्चार

बाढीका कारण घर तथा निवास गुमाएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी खानेबस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद् व्यवस्थापन समितिले मिलाउनेछन् ।

बाढीका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउने तथा आवश्यक खानेपानीको व्यवस्था पूर्वाधार विकास मन्त्रालयले गर्नेछ ।

त्यस्तै, अवरुद्ध विद्युत् आपूर्ति यथाशीघ्र सञ्चालन गर्ने जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई दिइएको छ । अवरुद्ध दूरसञ्चार सेवा सञ्चालनका लागि सूचना तथा सञ्चार मन्त्रालयले आवश्यक व्यवस्था मिलाउनेछ ।

आर्थिक सहायता र पुनर्निर्माण

मन्त्रिपरिषद्ले बाढीमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रचलित कानुनअनुसार तत्काल आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

क्षतिग्रस्त सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको तत्काल सञ्चालन र पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत परिचालनको समन्वय गर्ने जिम्मेवारी अर्थमन्त्रीलाई दिइएको छ ।

सरकारले बाढीबाट प्रभावित जिल्लाका स्थानीय तहलाई तीन महिनाका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

उद्धारदेखि पुनर्निर्माणसम्म सरकारको प्राथमिकता

मन्त्रिपरिषद्को बैठकले बाढी प्रभावित नागरिकको तत्काल उद्धार, निःशुल्क उपचार, राहत तथा सुरक्षित आवासको व्यवस्था गर्दै क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकतामा राखेको छ ।

सरकारले रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा बाढीबाट भएको क्षतिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक सबै प्रयास गर्ने प्रतिबद्धता जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा सचिवालय बैठक आज, सरकार गठन र आगामी रणनीतिबारे छलफल हुने

सामसङका नयाँ फोल्डेबल स्मार्टफोन र ग्यालेक्सी वाच नेपालमा सार्वजनिक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा सचिवालय बैठक आज, सरकार गठन र आगामी रणनीतिबारे छलफल हुने

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

सामसङका नयाँ फोल्डेबल स्मार्टफोन र ग्यालेक्सी वाच नेपालमा सार्वजनिक

भोटेकोसी बाढीमा मित्रराष्ट्रबाट सहयोगको प्रतिबद्धता : परराष्ट्रमन्त्री खनाल

भूकम्पपछि हिमपहिरो झरेर भोटेकोसीमा बाढी आएको प्रारम्भिक सूचना : परराष्ट्रमन्त्री खनाल

सरकारको प्रारम्भिक निष्कर्ष : भूकम्पपछि हिमपहिरो जाँदा रसुवामा विनाशकारी बाढी आएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu