ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय बगायो


ABC NEWS
१० भदौ २०८३, बुधबार   ६ : ३५   बजे

नुवाकोट । तिब्बतबाट आएको भोटेकोसी नदीको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय पूर्णरूपमा क्षति भएको छ। बिहान ९ः१५ बजेतिर आएको बाढीले विद्यालय बगाएको विद्यालयका प्रध्यानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिए।

प्रध्यानाध्यापक दवाडीले नेपालखबरसँग कुरा गर्दै भने, “विद्यालयमा कक्षा सुरु हुनु अघिको प्रार्थना चलिरहेको थियो, एक्कासि बाढी आएको खबर प्राप्त भयो।” उनले थपे, “धेरैजसो विद्यार्थीलाई विद्यालय माथि रहेको गुम्बामा सार्न भ्याएँ। कतिपय घर जान भ्याइन्छ भन्दै निस्किएका थिए।” उनका अनुसार गुम्बामा रहेका अघिकांश विद्यार्थी अहिले पनि आफैँसँग सुरक्षित छन्।

विदुर नगरपालिका–१ का वडाध्यक्ष लेलिन रञ्जितले अहिलेसम्म कुनै विद्यार्थी हराएको खबर नआएको बताए। “विद्यालय पूर्णरूपमा बगायो, माथितिर बाढी आउनेबित्तिकै सबैलाई सुरक्षित स्थानमा सार्न भन्यौँ,” उनले भने, “केही विद्यार्थी अहिले पनि हेडसरसँग छन्। अरू सबै घर पुगिसकेका छन्। आफ्ना बच्चा हराएको भनेर कोही खोजी गर्न आउनुभएको छैन।”

क्षति र विद्यार्थी संख्या

बाल विकास कक्षादेखि १२ सम्म पढाइ हुने उक्त विद्यालयमा १६ सय ४३ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालय प्रशासनले जनाएको छ। बाढीले विद्यालयको भवन पूर्णरूपमा क्षति बनाए पनि तीनवटा विद्यालय बस सुरक्षित रहेको बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

बाढीको आतंकमा १,६४३ विद्यार्थीको विद्यालय : कति सुरक्षित, कति सम्पर्कविहीन ?

रसुवा बाढीको असर : नुवाकोटको त्रिशूली परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित

छोराको लामो कपालले अभिभावक र विद्यालयलाई तनाव : ‘कपाल काट्दिनँ’ भन्न थाले किशोर

शुक्रबारदेखि रेड बुल राष्ट्रिय इन्डोर टी–१० क्रिकेट, २४ टोली सहभागी

विश्वविद्यालय ऐन संशोधनका लागि शिक्षा मन्त्रालयले उपकुलपति र विज्ञसँग सुझाव लियो

विश्वविद्यालय सुधारको तयारीमा सरकार, उपकुलपतिसँगै सरोकारवालाबाट मागियो सुझाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu