रसुवा । पछिल्लो बाढीले गर्दा रसुवा जिल्लास्थित विभिन्न हाइड्रो पावर आयोजना तथा लाङटाङ राष्ट्रिय निकुञ्जमा खटिएका ४४ जना नेपाली सेनाका सैनिक सम्पर्कविहीन भएका छन्।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बिहीबार पत्रकार सम्मेलन गरी सो जानकारी दिए। ‘अहिले नेपाली सेनाका ४४ जना हराइरहेको अवस्था छ,’ उनले भने, ‘उनीहरू त्यहाँका हाइड्रो पावर आयोजना र राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका थिए।’ सैनिकहरूको खोजी कार्य जारी रहेको पनि प्रवक्ता बस्नेतले बताए।
खोजी कार्य
प्रवक्ता बस्नेतले हराएका सैनिकहरूको खोजी तीव्र गतिमा भइरहेको जानकारी दिए। बाढीले गर्दा उत्पन्न परिस्थितिले खोजी कार्य केही चुनौतीपूर्ण बनेको उनले उल्लेख गरे। सेनाले हेलिकप्टर र अन्य आवश्यक उपकरणहरू प्रयोग गरेर खोजी जारी राखेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्