ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढी: कांग्रेसले विपद् व्यवस्थापन समिति गठन, राहत कोष स्थापना


ABC NEWS
१० भदौ २०८३, बुधबार   ६ : ३५   बजे

काठमाडौँ । नेपाली कांग्रेसले रसुवा जिल्लामा आएको बाढीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा जुट्न निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले बाढीबाट परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने बेपत्ता भएकाहरूको खोजी गर्न, स्थानान्तरण गर्न र घाइतेहरूको उपचार गर्न सरकारलाई आग्रह गरेको हो।

कांग्रेसले रसुवामा आएको बाढी पूर्वसूचना प्रणाली र समन्वय संयन्त्र प्रभावकारी नहुँदा थप क्षति भएको जनाएको छ। पार्टीले कयौंको मृत्यु, वेपत्ता र अर्बौंको भौतिक क्षतिको खबरले सिंगो देशलाई स्तब्ध बनाएको भन्दै नागरिकको जीवन विपदमा परेको समयमा सरकार, राजनीतिक दल, संघसंस्था, निजी क्षेत्र र नागरिक समुदाय सबैको साझा कर्तव्य उद्धार तथा राहत भएको विज्ञप्तिमा उल्लेख गरेको छ।

कांग्रेसले अन्य कार्यक्रम थाती राखेर सम्पूर्ण ध्यान विपद् व्यवस्थापनमा केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ। पार्टीले विपदको घडीमा सरकारको हरेक प्रयासमा पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै सदस्यहरूलाई भ्रामक सूचना, मिथ्या र अफवाह फैलाउन नहुने बताएको छ।

महामन्त्री प्रदीप पौडेलका अनुसार, कांग्रेसले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाको पार्टी पंक्तिलाई तटीय क्षेत्रमा वसोवास गर्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, उद्धार तथा राहत कार्यमा जुट्न निर्देशन दिएको छ। साथै, प्रभावित क्षेत्र बाहिरका साथीहरूलाई पनि आआफ्नो स्थानबाट सहयोग गर्न अपिल गरिएको छ।

समिति र कोष स्थापना

कांग्रेसले केन्द्रीय सदस्य एवं रसुवाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहन आचार्यको संयोजकत्वमा विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति गठन गरेको छ। सो समितिमा बाढी प्रभावित जिल्लाका केन्द्रीय सदस्य, प्रतिनिधि सभा सदस्य, बागमती प्रदेश सदस्य, सभापतिहरू, प्रदेश सभा सदस्यहरू, कांग्रेसबाट निर्वाचित स्थानीय सरकारका प्रमुख–उपप्रमुखहरू, भ्रातृ संगठनका सभापति र सम्बन्धित शुभेच्छुक संस्थाका सभापति सदस्य रहने छन्। समितिको सदस्य सचिवमा पार्टीको विपद् व्यवस्थापन उपसमितिका संयोजक मानबहादुर थापालाई नियुक्त गरिएको छ। यसैगरी, कांग्रेसले केन्द्रीय कार्यालयमा सूचना तथा समन्वय डेस्क खडा गरेको छ।

कांग्रेसको तर्फबाट हुने सवैखाले सहयोग सो समितिमार्फत गरिने पौडेलले जानकारी दिएका छन्। पार्टीले एकमुष्ट राहत कोष स्थापना गरी रकम जम्मा गर्ने निर्णय पनि गरेको छ।

पदाधिकारी केन्द्रित

कांग्रेसले केन्द्रीय कार्यालयका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर पार्टी पदाधिकारीहरूलाई विपद् व्यवस्थापनमा केन्द्रित गराएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘म बाँचेँ, तर मेरा श्रीमती र चारै छोराछोरी बगाए’ : टिमुरे बाढीपीडित गिरीलालको दर्दनाक कथा

देउवाको माग सर्वोच्चबाट अस्वीकार, कांग्रेसको आधिकारिकतासम्बन्धी फैसला संशोधन नहुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘म बाँचेँ, तर मेरा श्रीमती र चारै छोराछोरी बगाए’ : टिमुरे बाढीपीडित गिरीलालको दर्दनाक कथा

देउवाको माग सर्वोच्चबाट अस्वीकार, कांग्रेसको आधिकारिकतासम्बन्धी फैसला संशोधन नहुने

Xi Jinping Focuses on Regional Partnerships to Build ‘Shared Future’ with Neighbors

Xi Jinping Orders ‘All-Out’ Response After Mudslide Impacts Border Port

Xi Jinping to Attend SCO Summit, Visit Kyrgyzstan and Egypt

बाढीपीडितको उद्धार र पुनर्निर्माणमा भारत, चीन र विश्व बैंकको सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu