ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाको माग सर्वोच्चबाट अस्वीकार, कांग्रेसको आधिकारिकतासम्बन्धी फैसला संशोधन नहुने


ABC NEWS
१० भदौ २०८३, बुधबार   ८ : ०५   बजे

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला संशोधन गर्न पूर्वसभापति शेरबहादुर देउवाले गरेको माग अस्वीकार भएको छ।

न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले देउवाले दायर गरेको फैसला संशोधनसम्बन्धी निवेदनमा मागबमोजिम संशोधन गर्न नमिल्ने आदेश दिएको हो।

देउवाले यही भदौ ९ गते सर्वोच्चमा निवेदन दिँदै फैसलामा त्रुटि भएको दाबी गरेका थिए। फैसला लेख्दा विपक्षी बनाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको नाम उल्लेख नगरी लिखित जवाफमा अख्तियार प्राप्त प्रदीप पौडेलको नाम उल्लेख गरिएको भन्दै उनले फैसला सच्याउन माग गरेका थिए।

उनले विपक्षी नबनाइएको व्यक्तिको नाम फैसलामा उल्लेख भएकाले त्यसलाई संशोधन गरी गगन थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति भनेर स्पष्ट उल्लेख गर्नुपर्ने जिकिर गरेका थिए।

विशेष महाधिवेशनलाई वैधता दिएको थियो सर्वोच्चले

गत पुसमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त रिट खारेज गर्दै सर्वोच्च अदालतले २०८३ वैशाख ४ गते गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधता दिने फैसला गरेको थियो।

तर, फैसलाको भाषामा विपक्षीको नाम उल्लेख गर्ने क्रममा त्रुटि भएको भन्दै देउवाले संशोधनको माग गरेका थिए।

‘निवेदनमा लेखिएअनुसार नै फैसला हुनुपर्छ भन्न मिल्दैन’

सर्वोच्चको आदेशमा रिट निवेदन वा फिरादपत्रमा उल्लेख भएको नाम, थर वा विवरणकै आधारमा मात्र आदेश तथा फैसला लेखिनुपर्ने बाध्यता नरहेको उल्लेख गरिएको छ।

अदालतले रिट निवेदन, विपक्षीको लिखित जवाफ, प्रमाण तथा समग्र मुद्दाको अध्ययनपछि न्याय निरूपण हुने भएकाले निवेदकले माग गरेअनुसार फैसला संशोधन गर्नुपर्ने आधार नदेखिएको जनाएको छ।

संयुक्त इजलासले देउवाको मागबमोजिम संशोधन गर्न नमिल्ने ठहर गर्दै ‘कानुनबमोजिम गर्नु’ भन्ने आदेश दिएको छ।

पुनरावलोकनको मुद्दा भने विचाराधीन

यसअघि विशेष महाधिवेशनबाट गठित समितिलाई आधिकारिकता दिने निर्णयविरुद्ध देउवा र खड्काले दायर गरेको रिटमा प्राकृतिक न्यायको सिद्धान्त र विवादका पक्षलाई पर्याप्त सुनुवाइको अवसर नदिइएको जिकिर पनि गरिएको थियो।

सर्वोच्च अदालतको उक्त फैसलाविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमा भने ‘निस्सा’ प्रदान भइसकेको छ। गत साउन २३ गते सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनका लागि अनुमति दिएपछि उक्त मुद्दा हाल विचाराधीन अवस्थामा रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

बालेनलाई मोदीको फोन, उद्धार र राहतमा सघाउने प्रतिबद्धता

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

टिमुरेको बाढीले ९ बैंकका शाखामा क्षति, केही कर्मचारी अझै सम्पर्कविहीन

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, भोटेकोशी बाढीबारे छलफल हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu