ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार निराजन पौडेलको परिवारमाथि बाढीको बज्रपात : बुवा–आमासहित पाँचजना बेत्रावतीबाट सम्पर्कविहीन


ABC NEWS
१० भदौ २०८३, बुधबार   ८ : २५   बजे

काठमाडौं । तिब्बत क्षेत्रबाट त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीपछि पत्रकार निराजन पौडेलका बुवा–आमासहित परिवारका पाँच सदस्य सम्पर्कविहीन भएका छन्।

नुवाकोटको बेत्रावतीमा बसोबास गर्दै आएका पत्रकार पौडेलका बुबा बासुदेव पौडेल, आमा, काका, काकी र बहिनी बाढीपछि सम्पर्कबाहिर रहेको बताइएको छ। बाढीले बेत्रावती तथा आसपासका क्षेत्रमा व्यापक क्षति पुर्‍याएपछि परिवारजनको अवस्था अज्ञात बनेको हो।

पत्रकार पौडेलले सामाजिक सञ्जालमार्फत आफ्ना परिवारका सदस्यको खोजी गरिदिन सबैसँग अपिल गरेका छन्।

बासुदेव पौडेल स्थानीय विद्यालयमा शिक्षकका रूपमा कार्यरत छन्। पत्रकार पौडेलका अनुसार विद्यालयमा सम्पर्क गर्दा बुबा नियमित रूपमा हाजिर गरेर त्यहाँबाट निस्किएको जानकारी प्राप्त भएको छ। त्यसपछि भने उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।

पत्रकार पौडेलले भने, “हाम्रो सबै परिवारको बेत्रावतीमा बसोबास थियो। स्कुलका शिक्षकलाई सोध्दा बुबाले हाजिर गरेर निस्कनुभएको भन्छन्। यताउता सम्पर्क गर्दा अहिलेसम्म कुनै खबर आएको छैन। मोबाइलमा फोन पनि लागेको छैन।”

उनका अनुसार साँझसम्म आफन्त तथा चिनजानका व्यक्तिबाट समेत परिवारका सदस्यहरूको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त भएको छैन।

‘कृपया खोजी गरिदिनुहोस्’

परिवारजनसँग सम्पर्क टुटेपछि पत्रकार पौडेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गरेका छन्।

उनले लेखेका छन्, ‘मेरो परिवार नुवाकोटको बेत्रावतीबाट सम्पर्कविहीन भएको छ। बाढीको कारणले यस्तो हुन सक्ने आशंका छ। कृपया खोजी गरिदिनुहोस्।’

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रका धेरै नागरिकसँग सञ्चार सम्पर्क टुटेका कारण बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिहरूको वास्तविक अवस्था यकिन गर्न कठिनाइ भइरहेको छ।

पत्रकार पौडेलको परिवारका पाँच सदस्यको खोजीका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा प्रभावित क्षेत्रमा परिचालित उद्धार टोलीसँग समन्वय आवश्यक रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

बालेनलाई मोदीको फोन, उद्धार र राहतमा सघाउने प्रतिबद्धता

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

टिमुरेको बाढीले ९ बैंकका शाखामा क्षति, केही कर्मचारी अझै सम्पर्कविहीन

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, भोटेकोशी बाढीबारे छलफल हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu