ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढी : जलविद्युत् आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन


ABC NEWS
१० भदौ २०८३, बुधबार   ९ : २५   बजे

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। नेपाल विद्युत् प्राधिकरणको पछिल्लो विवरणअनुसार सम्पर्कविहीन हुनेमा विदेशी कामदारसमेत रहेका छन्।

प्राधिकरणका अनुसार निर्माणाधीन त्रिशूली–३ बी आयोजनाको साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कबाहिर छन्। चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रमा ६ जना र आवास क्षेत्र आसपास १ जना सम्पर्कविहीन छन्।

त्यस्तै, चिलिमे जलविद्युत् कम्पनीअन्तर्गत चेस्को कम्पनीमा कार्यरत ११ जना त्रिशूली–३ बी आयोजनाको साइटमा काम गरिरहेका थिए। उनीहरूसँग पनि सम्पर्क स्थापित हुन सकेको छैन।

चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको रसुवागढी जलविद्युत् केन्द्रमा ५१ जना कर्मचारी सम्पर्कमा नरहेको प्राधिकरणले जनाएको छ। त्यहाँ कार्यरत अन्य कर्मचारीको अवस्थाबारे भने अझै यकिन विवरण प्राप्त हुन सकेको छैन।

यसैगरी, त्रिशूली–३ ए जलविद्युत् केन्द्रको पावर हाउसमा मर्मत कार्यमा संलग्न ४५ जना कर्मचारी तथा कामदार पनि सम्पर्कविहीन छन्। प्राधिकरणका त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक/एक जना कर्मचारीसमेत सम्पर्कबाहिर छन्।

रसुवा वितरण केन्द्रअन्तर्गत चिलिमे पावर हाउसको स्विचयार्डमा कार्यरत एक जना कर्मचारी र गोटागन्तीका एक जना मिटर रिडर पनि सम्पर्कविहीन छन्।

त्यस्तै, त्रिशूली–२२० केभी ३ बी हबमा ठेकेदार कम्पनीका तर्फबाट कार्यरत १६ जना तथा रसुवागढी जलविद्युत् केन्द्रमा विभिन्न ठेकेदार कम्पनीमार्फत मर्मत, सम्भार तथा निर्माण कार्यमा खटिएका ९२ जना समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

खोज तथा उद्धार तीव्र

बाढीपछि कर्मचारी तथा कामदार सम्पर्कविहीन भएपछि नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठको नेतृत्वमा टोली प्रभावित क्षेत्रमा पुगेर अनुगमन गरेको छ।

श्रेष्ठले सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजी र उद्धारका लागि प्राधिकरणको टोली परिचालन गरिएको जानकारी दिए। जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न अर्को टोलीसमेत स्थानीय क्षेत्रमा खटाइएको उनले बताए।

उनका अनुसार सम्पर्कविहीन रहेका प्रसारण तथा उत्पादन संरचना क्षेत्रमा पुनः सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारी तथा कार्यक्षेत्रमा रहेका व्यक्तिहरूको विवरण संकलन गर्ने काम भइरहेको छ।

प्राधिकरणले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

बालेनलाई मोदीको फोन, उद्धार र राहतमा सघाउने प्रतिबद्धता

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

टिमुरेको बाढीले ९ बैंकका शाखामा क्षति, केही कर्मचारी अझै सम्पर्कविहीन

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, भोटेकोशी बाढीबारे छलफल हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu