तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका ६ जनाको शव तनहुँमा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी द्वारिकाप्रसाद घिमिरेका अनुसार आबुखैरेनी क्षेत्रमा २ वटा र देवघाट क्षेत्रमा ४ वटा गरी ६ वटा शव फेला परेको हो।
फेला परेका शवको सनाखत हुन सकेको छैन। प्रहरीले शवलाई जिल्ला अस्पतालमा राखेर पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
इन्स्पेक्टर प्रदीप सुवेदीको नेतृत्वमा परिचालित प्रहरी टोलीले आबुखैरेनी र देवघाट क्षेत्रमा खोजी गर्ने क्रममा शव फेला पारेको हो।
बाढीका कारण मुग्लिङ–देवघाट क्षेत्रसमेत जोखिममा रहेकाले प्रहरीले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। प्रहरीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा निगरानी बढाएको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्