ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिमुरेको बाढीले ९ बैंकका शाखामा क्षति, केही कर्मचारी अझै सम्पर्कविहीन


ABC NEWS
१० भदौ २०८३, बुधबार   ९ : ४५   बजे

काठमाडौं । रसुवाको टिमुरेमा आएको भीषण बाढीले त्यहाँ सञ्चालनमा रहेका ९ वटा बैंकका शाखा कार्यालयमा क्षति पुगेको छ। बाढीले टिमुरे बजार नै प्रभावित बनाएपछि बैंकका शाखा कार्यालयमा समेत ठूलो क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको हो।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार टिमुरेमा रहेका बैंकका शाखा कार्यालयमा क्षति पुगेको जानकारी प्राप्त भएको छ। बाढीपछि केही कर्मचारीसँग सम्पर्क स्थापित भए पनि अझै केही कर्मचारी सम्पर्कविहीन छन्।

अध्यक्ष कोइरालाले कर्मचारीको अवस्थाबारे जानकारी लिन निरन्तर प्रयास भइरहेको बताए। उनका अनुसार टिमुरे बजार पूर्णरूपमा ध्वस्त भएको जानकारी आएको छ।

बाढीका कारण सञ्चार सम्पर्क प्रभावित हुँदा बैंकका कर्मचारीसँग सम्पर्क गरी शाखाको अवस्था तथा क्षतिको विवरण संकलन गर्न कठिनाइ भइरहेको छ। यद्यपि, अहिले बैंकिङ सम्पत्तिभन्दा कर्मचारीको सुरक्षा र अवस्थाबारे जानकारी लिनु पहिलो प्राथमिकता रहेको संघले जनाएको छ।

अध्यक्ष कोइरालाका अनुसार टिमुरेमा सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, एनएमबी बैंक, प्रभु बैंक र माछापुच्छ्रे बैंकका शाखा रहेका छन्।

बाढीबाट प्रभावित शाखा कार्यालय तथा बैंकिङ पूर्वाधारमा भएको वास्तविक क्षतिको विवरण कर्मचारीसँग सम्पर्क स्थापित भएपछि मात्रै यकिन हुने भएको छ। बैंकर्स संघले सम्बन्धित बैंक तथा कर्मचारीसँग समन्वय गरी अवस्थाबारे जानकारी संकलन गर्ने प्रयास जारी राखेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

बालेनलाई मोदीको फोन, उद्धार र राहतमा सघाउने प्रतिबद्धता

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, भोटेकोशी बाढीबारे छलफल हुने

रसुवा भन्सारका १५ कर्मचारी बाढीमा सम्पर्कविहीन, १० जनाको उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu