ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा


ABC NEWS
१० भदौ २०८३, बुधबार   ९ : ४५   बजे

काठमाडौं । रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भोटेकोशीको भीषण बाढीले बस्ती, बजार तथा बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ।

बाढीले टिमुरे बजारको ठूलो हिस्सा प्रभावित बनाएपछि त्यहाँ सञ्चालनमा रहेका आधा दर्जनभन्दा बढी बैंकका शाखा कार्यालयसमेत जोखिममा परेका छन्।

टिमुरेमा माछापुच्छ्रे बैंक, सानिमा बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलगायतका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय रहेका थिए।

बस्ती तथा बजार क्षेत्र नै बाढीको चपेटामा परेपछि शाखा कार्यालयको अवस्था र भौतिक क्षतिको विवरण तत्काल संकलन गर्न कठिनाइ भइरहेको नेपाल बैंकर्स संघले जनाएको छ।

बाढीपछि टिमुरे क्षेत्रमा सञ्चार सम्पर्कसमेत अवरुद्ध भएको छ। टेलिफोनलगायत सञ्चार माध्यमबाट कर्मचारीसँग सम्पर्क हुन नसक्दा शाखाको अवस्था तथा कर्मचारीको सुरक्षाबारे तत्काल जानकारी लिन समस्या भइरहेको संघले जनाएको छ।

कर्मचारी उद्धार प्राथमिकतामा

बाढीपछि बैंकर्स संघले बुधबार नै आकस्मिक बैठक बोलाएर प्रभावित क्षेत्रमा रहेका बैंकका कर्मचारीको उद्धार तथा सुरक्षालाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ।

बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार कर्मचारीको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरीलगायत सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।

‘अहिले प्राथमिकता प्रभावित क्षेत्रमा रहेका कर्मचारीको उद्धार र सुरक्षालाई दिइएको छ,’ उनले भने।

सञ्चार तथा भौतिक पहुँच सहज भएपछि मात्रै शाखा कार्यालय, बैंकिङ उपकरण, कागजात तथा अन्य संरचनामा भएको क्षतिको विस्तृत विवरण संकलन गर्न सकिने संघले जनाएको छ।

टिमुरेको जनजीवन प्रभावित

भोटेकोशीमा आएको बाढीले टिमुरे क्षेत्रका बस्ती, बजार तथा विभिन्न पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि स्थानीय जनजीवनसमेत प्रभावित भएको छ।

बैंक तथा वित्तीय संस्थाका शाखामा भएको वास्तविक क्षतिको विवरण भने सम्बन्धित बैंकको टोली प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरेपछि मात्रै यकिन हुने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

बालेनलाई मोदीको फोन, उद्धार र राहतमा सघाउने प्रतिबद्धता

टिमुरेको बाढीले ९ बैंकका शाखामा क्षति, केही कर्मचारी अझै सम्पर्कविहीन

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, भोटेकोशी बाढीबारे छलफल हुने

रसुवा भन्सारका १५ कर्मचारी बाढीमा सम्पर्कविहीन, १० जनाको उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu