ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूली बाढीको ठूलो प्रहारः रसुवा, नुवाकोट र धादिङमा ३५ पुल बगे 


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ३ : ०५   बजे

काठमाडौं । त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका सडक तथा पुल संरचनामा व्यापक क्षति पुर्‍याएको छ। सडक विभागको प्रारम्भिक विवरणअनुसार त्रिशूली नदी र यसका आसपासका खोलामा रहेका ३५ वटा पुल बाढीबाट बगेका वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्।

बाढीले राष्ट्रिय तथा स्थानीय सडक सञ्जालमा रहेका पुलहरू क्षतिग्रस्त बनाएपछि विभिन्न जिल्लाबीचको यातायात सम्पर्क प्रभावित भएको छ। कतिपय स्थानमा पुराना र नयाँ दुवै पुल बगाउँदा वैकल्पिक आवागमनसमेत कठिन बनेको छ।

रसुवामा १३ वटा पुल बगे

सडक विभागको विवरणअनुसार सबैभन्दा बढी क्षति रसुवा जिल्लामा भएको छ। जिल्लामा मात्रै १३ वटा पुल बाढीले बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ।

बाढीले रसुवागढीको मितेरी पुल, टिमुरेका दुईवटा पुल, चिलिमेका दुई पुल तथा स्याफ्रुबेँसी पुल बगाएको छ। त्यस्तै, विभिन्न जलविद्युत् आयोजनासँग जोडिएका बेली पुलहरू, मेलुङ क्षेत्र तथा त्रिशूली–३ ए आयोजना आसपासका पुलहरू पनि बाढीको चपेटामा परेका छन्।

रसुवागढी नाका जोड्ने पूर्वाधारमा क्षति पुगेपछि सीमावर्ती क्षेत्रसँगको सडक सम्पर्कमा समेत गम्भीर असर परेको छ।

नुवाकोटमा पुराना र नयाँ दुवै पुल ध्वस्त

नुवाकोटमा पनि त्रिशूली नदीले ठूलो क्षति पुर्‍याएको छ। खाल्टे, बेत्रावतीका पुराना तथा नयाँ पुल, टुप्चेको त्रिशूली पुल र त्रिशूली बजारका पुराना तथा नयाँ पुल बाढीले बगाएको सडक विभागले जनाएको छ।

त्यसैगरी सिमचौर, देवीघाट तथा मिडहिल राजमार्गतर्फ पर्ने त्रिशूली पुलमा समेत क्षति पुगेको छ।

नुवाकोटकै खड्गभञ्ज्याङ, बुद्धसिंहघाट, रातमाटे तथा केउरिनी–फोस्रेटार लगायतका क्षेत्रमा त्रिशूली नदीमाथि बनेका पुलहरू पनि बाढीले बगाएको विवरणमा उल्लेख छ।

विशेषगरी त्रिशूली बजार क्षेत्रमा पुराना र नयाँ दुवै पुल बग्नुले बस्ती तथा बजार क्षेत्रको आवागमनमा गम्भीर असर परेको छ।

धादिङका पुल पनि बाढीको चपेटामा

धादिङतर्फ पनि बाढीले सडक संरचनामा व्यापक क्षति पुर्‍याएको छ। बैरेनी–स्याल्टार सडकअन्तर्गतको त्रिशूली पुल, जरेबगैँचा, घाटबेँसी र फुर्केखोलाका पुल बाढीले बगाएको सडक विभागले जनाएको छ।

मस्तार तथा कोल्फुखोलामा रहेका पुराना र नयाँ पुलमा समेत क्षति पुगेको छ।

यद्यपि, धादिङको बेनीघाट र फिस्लिङस्थित त्रिशूली पुल भने बाढीबाट जोगिएका छन्। यसले प्रभावित क्षेत्रमा सीमित भए पनि यातायात सञ्चालनका लागि केही राहत मिल्ने देखिएको छ।

मुग्लिनका केही महत्वपूर्ण पुल सुरक्षित

बाढीको व्यापक क्षतिबीच केही महत्वपूर्ण संरचना भने सुरक्षित रहेका छन्। सडक विभागको विवरणअनुसार चुम्लिङटारस्थित जलविद्युत् आयोजनासँग जोडिएको बेली पुल तथा मुग्लिनका आर्च पुल र पुरानो झोलुङ्गे पुल जोगिएका छन्।

तर, त्रिशूली नदी प्रणालीमा रहेका दर्जनौँ पुल एकैपटक क्षतिग्रस्त हुँदा अबको मुख्य चुनौती यातायात सम्पर्क पुनःस्थापना, वैकल्पिक मार्ग सञ्चालन र अत्यावश्यक उद्धार तथा राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्‍याउनु बनेको छ।

सडक विभागले क्षतिको विस्तृत मूल्याङ्कन जारी रहेको जनाएको छ। प्रारम्भिक विवरण भएकाले बाढीको पानी घट्दै जाँदा क्षतिग्रस्त तथा बगेका पुलहरूको संख्या थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

नेपालको विदेशी विनिमय सञ्चिति ३९ खर्ब नजिक, २३ महिनाको वस्तु आयात धान्न पर्याप्त

बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

सर्लाहीका भूमिगत सिँचाइ प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक सातापछि बत्ती बाल्ने तयारीको लाङटाङ खोला हाइड्रो बाढीले बगायो, ६० जना सम्पर्कविहीन

रसुवा बाढीले बैंकिङ क्षेत्र प्रभावित, ९ बैंकका शाखामा क्षति, २६ कर्मचारी सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu