ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीले बैंकिङ क्षेत्र प्रभावित, ९ बैंकका शाखामा क्षति, २६ कर्मचारी सम्पर्कविहीन


ABC NEWS
१० भदौ २०८३, बुधबार   ९ : ३५   बजे

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा यो बचत ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँ थियो ।

राष्ट्र बैंकका अनुसार, समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाहमा आएको उल्लेख्य वृद्धिले शोधनान्तर बचत बढाउन महत्वपूर्ण योगदान गरेको हो। गत आवमा रेमिट्यान्स ३७.१ प्रतिशतले बढेर २३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ ।

वस्तु निर्यात पनि यस अवधिमा १३.८ प्रतिशतले बढेर ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। तर, कुल वस्तु आयात १६.२ प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। आयातमा वृद्धि भए पनि रेमिट्यान्स आप्रवाहमा भएको सुधारले बाह्य क्षेत्रको बचत थप बलियो बनाएको राष्ट्र बैंकले बताएको छ ।

अमेरिकी डलरमा शोधनान्तर

अमेरिकी डलरमा हिसाब गर्दा, अघिल्लो आर्थिक वर्षमा शोधनान्तर ४ अर्ब ३७ करोड डलरले बचतमा रहेको थियो। तर समीक्षा वर्षमा यो बचत ७ अर्ब ५ करोड डलर पुगेको छ।

यस्तै, गत आवमा चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रह्यो। अघिल्लो वर्षमा चालु खाता ४ खर्ब ९ अर्ब ८४ करोड रुपैयाँले बचतमा थियो। समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षमा ९ अर्ब ८४ करोड रुपैयाँ थियो ।

वैदेशिक लगानी

त्यस्तै, गत आर्थिक वर्षमा नेपालमा २८ अर्ब ४९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। यो तथ्यांक केवल इक्विटी लगानीको हो। अघिल्लो आवमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब २ करोड रुपैयाँ थियो। देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तरलाई नै शोधनान्तर स्थिति भनिन्छ, जहाँ भित्रिने रकम बाहिरिनेभन्दा बढी हुँदा शोधनान्तर बचतमा रहने गर्छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

सर्लाहीका भूमिगत सिँचाइ प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक सातापछि बत्ती बाल्ने तयारीको लाङटाङ खोला हाइड्रो बाढीले बगायो, ६० जना सम्पर्कविहीन

विपद्मा सहयोग गर्न चाहनुहुन्छ? सरकारले सार्वजनिक गर्‍यो ९ बैंकका १५ खाता

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

बाढीपछि सेना र निजी क्षेत्रबाट ११४ जनाको हवाई उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu