ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राति वर्षाको सम्भावना बढी, उद्धारमा खटिएकालाई सतर्क रहन मौसमविद्को आग्रह


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ११ : ३५   बजे

काठमाडौँ । मध्यनेपालमा पानी पार्ने बादल घना रहेकाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य गर्दा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

बुधबार तिब्बत क्षेत्रमा गएको ठूलो हिमपहिरोपछि भोटेकोशी नदीमा आएको बाढीले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले उद्धारमा खटिएका सुरक्षाकर्मी तथा अन्य टोलीलाई मौसमसम्बन्धी सूचना बुझेर मात्रै काम गर्न विभागले अनुरोध गरेको हो।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार बिहीबार दिनभर सामान्य बदलीसँगै घाम लाग्ने सम्भावना रहे पनि राति वर्षाको सम्भावना बढी छ।

उनले भने, “आज दिनभरजसो सामान्य बदलीसँगै घाम लाग्नेछ, तर राति पानी पर्ने सम्भावना बढी छ। उद्धारमा खटिएकाले ध्यान राख्नुहोला, अर्को विपतमा परिनसक्छ।”

कोशी र वाग्मतीमा बढी वर्षाको सम्भावना

मौसमविद् अधिकारीका अनुसार कोशी र वाग्मती प्रदेशमा अन्य क्षेत्रको तुलनामा बढी वर्षा हुने सम्भावना छ। विशेषगरी दिनको तुलनामा राति वर्षा गराउने बादल बढी सक्रिय हुने भएकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिक तथा उद्धार टोलीले सुरक्षित स्थानमा रहनुपर्ने उनले बताए।

भोटेकोशी बाढीबाट क्षतिग्रस्त क्षेत्रमा थप वर्षा हुँदा पुनः बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

दिनभर कोशी प्रदेशमा बदली र वर्षाको क्रम रहने तथा राति वर्षाको प्रणाली वाग्मती प्रदेशतर्फ केन्द्रित हुनसक्ने भएकाले सरकार तथा उद्धारमा खटिएका सबै निकायले मौसमको अवस्थालाई निरन्तर निगरानी गर्नुपर्ने मौसमविद् अधिकारीले बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

सम्बन्धित

बाढीपछिको उद्धार र राहतबारे परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षीबीच वार्ता

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुने

बाढी प्रभावित क्षेत्रमा डेढ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

रसुवा बाढीको वास्तविक कारण अझै अनुसन्धानमै, ‘हिम–चट्टान पहिरो’ प्रमुख सम्भावना

रसुवा बाढीका नाममा जथाभावी चन्दा नउठाउन सरकारको चेतावनी

प्रेमीसँग मिलेर श्रीमानको हत्या, डेढ लाखको सुपारी दिएको आरोपमा श्रीमतीसहित पाँच पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu