काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने निर्णय गर्नुभएको छ।
राष्ट्रपतिको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले हालै आएको बाढीबाट प्रभावित क्षेत्रका पीडितलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो एक महिनाको पारिश्रमिक राहत कोषमा प्रदान गर्ने निर्णय गर्नुभएको हो।
बुधबार रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। सरकारले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्न आह्वान गरेको छ।
सरकारको आह्वानपछि विभिन्न संघसंस्था तथा व्यक्तिले राहत कोषमा रकम जम्मा गर्ने क्रम जारी रहेको छ।
राहतका लागि सरकारको आह्वान
बाढी प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन सरकारले आवश्यक सामग्री तथा आर्थिक स्रोत जुटाउने काम अघि बढाएको छ। प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत संकलित रकम प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि परिचालन गरिने जनाइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्