ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी क्षेत्रबाट भोटेकोशी बाढीपीडितका लागि ४६ करोड ५० लाख सहयोग


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ८ : ४५   बजे

काठमाडौं । भोटेकोशी बाढीपछि उद्धार तथा राहत कार्यका लागि निजी क्षेत्रबाट बिहीबार साँझसम्म ४६ करोड ५० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ।

विभिन्न उद्योग, बैंक, वित्तीय संस्था तथा व्यावसायिक घरानाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने घोषणा गरेका छन्। अर्थ मन्त्रालयका अनुसार पछिल्लो ६ घण्टामा मात्रै विभिन्न उद्योग तथा बैंक–वित्तीय संस्थाबाट २७ करोड ३३ लाख रुपैयाँभन्दा बढी सहयोग प्राप्त भएको हो।

गोर्खा ब्रुअरीले सबैभन्दा धेरै १० करोड रुपैयाँ सहयोग गरेको छ। बीवाईडी र यसको आधिकारिक वितरक साइमेक्स इंकले ७ करोड तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सम्बद्ध जलविद्युत् कम्पनीमार्फत ५ करोड ५ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्।

गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेका छन्।

बैंक तथा वित्तीय संस्थाको सहयोग

नेपाल बैंकले ३ करोड १ लाख, कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकले ३/३ करोड रुपैयाँ सहयोग गरेका छन्। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले २ करोड ५० लाख तथा एनआईसी एसिया बैंकले २ करोड २१ लाख रुपैयाँ सहयोग गरेका छन्।

सानिमा बैंकले सवा दुई करोड र सारस बेभरेज (रेडबुल) ले २ करोड रुपैयाँ सहयोग गरेका छन्। गोल्छा ग्रुपले डेढ करोड रुपैयाँ सहयोग गरेको छ।

कालिका कन्स्ट्रक्सनले १ करोड १ लाख, एनसेलले १ करोड तथा आईएमई लाइफ इन्स्योरेन्सले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

अन्य संस्थाको योगदान

अपि पावर कम्पनीले ३५ लाख रुपैयाँ तत्काल सहयोग उपलब्ध गराएको छ। शिवशक्ति ग्रुपले ५१ लाख तथा हिमालयन बुलियन कम्पनीले २१ लाख रुपैयाँ सहयोग गरेका छन्।

रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज, मेगा मोटर्स, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नेपाल लेयर्स कुखुरा पालक संघले १०/१० लाख रुपैयाँ सहयोग गरेका छन्।

एकद्वार प्रणालीबाट राहत परिचालन

बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्राप्त सहयोग एकद्वार प्रणालीबाट परिचालन गर्ने व्यवस्था गरिएको छ। सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुझ्ने व्यवस्था मिलाइएको छ।

बाढीपीडितका लागि सहयोग गर्न चाहने अन्तर्राष्ट्रिय दाताका लागि सरकारले बिहीबार छुट्टै भुक्तानी पोर्टलसमेत सार्वजनिक गरेको छ।

यसअघि बुधबार साँझ प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेश तथा विदेशमा रहेका सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई उद्धार तथा राहत अभियानमा सहयोग गर्न अपिल गरेका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

UK Expected to Ban Goods from Israeli Settlements, Drawing Widespread Support

Israeli Strike Kills Newlywed Woman in Southern Lebanon

Xi Jinping Embarks on Central Asia, Middle East Trip Aimed at Strengthening Regional Ties

China Pledges Collaboration with APEC Economies on Food System Resilience

China Accuses Japan of ‘Neo-Militarism’ Amid Military Expansion

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu