ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राकृतिक विपद्का कारण सबै तहका परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ९ : १५   बजे

काठमाडौँ  । शिक्षा तथा खेलकुद मन्त्रालयले प्राकृतिक विपद्का कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै सबै तहका परीक्षा स्थगित गर्न विश्वविद्यालय तथा मातहतका निकायलाई निर्देशन दिएको छ।

प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तत्कालका लागि सबै परीक्षा स्थगित गर्न निर्देशन दिनुभएको हो।

विभिन्न विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका मन्त्री पोखरेलले विश्वविद्यालय ऐनले प्रदान गरेको विशेष अधिकार प्रयोग गर्दै यस्तो निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार भदौ १३ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयअन्तर्गतका सबै परीक्षा स्थगित गर्न निर्देशन दिइएको छ। साथै, भदौ १२ गतेका लागि निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि उपयुक्त समयमा पुनः परीक्षा सञ्चालनको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

अत्यावश्यकबाहेकका सबै सामूहिक कार्यक्रम स्थगित

निर्देशनअनुसार सबै परीक्षा स्थगित गरी संशोधित परीक्षा तालिका उपयुक्त समयमा सार्वजनिक गरिनेछ। साथै अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रमसमेत स्थगित गर्न भनिएको छ।

विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क र समन्वय कायम गरी आवश्यक सहयोग तथा सहजीकरण गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।

त्यस्तै, प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार उनीहरूका अभिभावकलाई मनोसामाजिक परामर्शको व्यवस्था गर्न भनिएको छ। विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राख्दै विद्यार्थीको शैक्षिक निरन्तरता कायम राख्न आवश्यक व्यवस्था गर्नसमेत निर्देशनमा उल्लेख गरिएको छ।

मन्त्री पोखरेलले वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राखी उक्त व्यवस्थाहरू तत्काल कार्यान्वयन गर्न आवश्यक निर्णय लिन सम्बन्धित विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनुभएको छ।

विपद्को यस कठिन परिस्थितिमा विश्वविद्यालय परिवारअन्तर्गतका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिन पनि मन्त्री पोखरेलले अनुरोध गर्नुभएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी

विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न बिप्लव हमालद्वारा १ लाख १ हजार १११ रुपैयाँ सहयोग

सम्बन्धित

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै परीक्षा स्थगित

बाढीको आतंकमा १,६४३ विद्यार्थीको विद्यालय : कति सुरक्षित, कति सम्पर्कविहीन ?

भोटेकोसी बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय बगायो

रसुवा बाढीको असर : नुवाकोटको त्रिशूली परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित

छोराको लामो कपालले अभिभावक र विद्यालयलाई तनाव : ‘कपाल काट्दिनँ’ भन्न थाले किशोर

शुक्रबारदेखि रेड बुल राष्ट्रिय इन्डोर टी–१० क्रिकेट, २४ टोली सहभागी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu