ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   १० : २५   बजे

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रमा फेरि बाढीको जोखिम रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले शुक्रबार सूचना जारी गर्दै भदौ १० गते बाढी आएको स्थानमा नदी थुनिएर ठूलो ताल बनेको र उक्त ताल फुट्ने जोखिम रहेकाले भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

महाशाखाका अनुसार २०८३ भदौ १० गते रसुवामा भोटेकोसी नदीमा आएको बाढीपछि हाल भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। यद्यपि नदी थुनिएर बनेको ताल फुट्न सक्ने जोखिमका कारण तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक रहेको महाशाखाले जनाएको छ।

चीन सरकारबाट प्राप्त सूचना, भूउपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको र तालको पानीको सतह बढिरहेको पाइएको महाशाखाले जनाएको छ।

ताल फुटेमा भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रमा अचानक ठूलो बाढी आउन सक्ने जोखिम रहेकाले अर्को सूचना जारी नभएसम्म नदी किनार तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।

महाशाखाले यात्रु, उद्धार कार्यमा खटिनुभएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई समेत विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

शिरमा २० लाख घनमिटर पानीको ताल

चीनको जलस्रोत मन्त्रालयबाट प्राप्त जानकारीअनुसार भोटेकोसी नदीको शिरतर्फ खोला थुनिएर करिब २० लाख घनमिटर पानीको ताल बनेको छ।

महाशाखाले चीन सरकारबाट प्राप्त उक्त जानकारीलाई गम्भीरतापूर्वक लिँदै तल्लो तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनमा पहिरोले बनेको ताल फुट्ने जोखिम, उद्धार कार्य स्थगित

१३ पुल बगाएपछि रसुवा सडक सम्पर्कविहीन, बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Flash Floods Claim At Least 469 Lives

Flash Floods and Heavy Rainfall Block Key Highways Across Nepal

Lions Clubs Conference Highlights Legacy of Leaders Across South Asia

Flash Floods Expose Gaps In Transborder Disaster Management Between Nepal And China

Family Planning Initiatives Focus on Rights-Based Approach Amid Global Shifts

हिमालयन रिइन्स्योरेन्सकी पूर्वसीईओ उपासना पौडेल पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu