ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीपीडितलाई गण्डकीको ४ करोड, सुदूरपश्चिमको २ करोड सहयोग


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   २ : ३५   बजे

 

काठमाडौं । रसुवा–भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक सहयोग घोषणा गरेका छन्। गण्डकी प्रदेश सरकारले चार करोड रुपैयाँ र सुदूरपश्चिम प्रदेश सरकारले दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हुन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार विज्ञप्ति जारी गर्दै बाढीपीडितको सहयोगका लागि प्रदेश सरकारले चार करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा दाखिला गर्ने निर्णय गरेको जानकारी दिएका छन्।

मुख्यमन्त्री पाण्डेले बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा अवस्थाबारे जानकारी लिन, भेटिएका शवको उचित व्यवस्थापन गर्न तथा प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्‍याउन प्रदेश सरकारले सम्बन्धित निकायसँग समन्वय गरिरहेको बताएका छन्।

उनले सम्पर्कविहीन व्यक्तिको खोजी, जोखिममा रहेकाको उद्धार, घाइतेको उपचार तथा प्रभावित र आश्रयविहीन नागरिकका लागि सुरक्षित आवास, खानपान र आवश्यक राहतको व्यवस्था गर्न सम्बन्धित सबै निकायलाई प्रभावकारी रूपमा परिचालित हुन आग्रह गरेका छन्।

यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले पनि भोटेकोसी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता प्रकाशबहादुर रावलले जानकारी दिएका छन्।

मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि आवश्यक स्वास्थ्य टोली पठाउने निर्णयसमेत गरेको छ।

यसैबीच, सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्ले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। आयोगका सदस्यमा गंगादत्त जोशी र हीरा चन्दलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।

विनाशकारी बाढीपछि विभिन्न प्रदेश सरकार तथा सरकारी निकायले प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग तथा स्रोतसाधन परिचालन गर्ने क्रम जारी रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागलुङ कालिका भगवती गुठीको अध्यक्षमा रामबहादुर खड्का नियुक्त

भोटेकोशी बाढी : नेपाल विद्युत् प्राधिकरणका दुई सयभन्दा बढी कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

Nepal and China Halt Flood Rescue Efforts as Barrier Lake Threatens New Surge

Norway’s King Harald V Dies at 89, Son Ascends Throne

Judge Overturns Pentagon Blacklist of AI Developer Anthropic

UK Salmonella Outbreak Linked to Ukrainian Egg Imports

Nepal Resumes Flood Rescue Efforts After Temporary Suspension

Nepal Floods Leave Nearly 470 Dead, Over 1,500 Missing After Glacial Collapse

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu