ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ८ : ५५   बजे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले अध्यक्ष मण्डलका सदस्य गुणराज लोहनी ‘प्रवीर’ लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।

पार्टी अध्यक्ष मण्डलले लोहनीमाथि पार्टी अनुशासन र मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको जनाएको छ।

पार्टीका अनुसार धर्मेन्द्र बास्तोलाको अध्यक्षतामा बसेको अध्यक्ष मण्डलको बैठकमा छलफल भइरहेका बेला लोहनीले अध्यक्षमाथि अमर्यादित ढंगले गालीगलौज गरेका थिए। उक्त व्यवहार पार्टीको मर्यादा, अनुशासन तथा अध्यक्ष मण्डलका सदस्यको जिम्मेवारीविपरीत रहेको निष्कर्षपछि कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ।

लोहनीमाथि यसअघि पनि पार्टी अध्यक्ष तथा केही सदस्यविरुद्ध पटक–पटक अमर्यादित अभिव्यक्ति दिने, गालीगलौज गर्ने, हुलहुज्जत गर्ने तथा गुटबन्दीमा संलग्न हुने गरेको आरोप लगाइएको छ।

यस्ता गतिविधिले पार्टीभित्र अनुशासनहीनता बढाउने, आन्तरिक विवाद चर्काउने र संगठनलाई कमजोर बनाउने खतरा बढाएको पार्टीको निष्कर्ष छ।

पार्टीले यसअघि उनलाई पटक–पटक सम्झाउने, चेतावनी दिने, आत्मालोचना गर्न लगाउने तथा निलम्बनसम्मका कारबाहीमार्फत व्यवहार सुधार्ने प्रयास गरिएको जनाएको छ। तर, ती प्रयास प्रभावकारी नभएको र पछिल्लो बैठकमा समेत गम्भीर अनुशासन उल्लंघन भएको आरोप लगाइएको छ।

लिखित आत्मालोचना गर्न दिइएको निर्देशनसमेत अस्वीकार गरेपछि अध्यक्ष मण्डलले लोहनीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Kenyan Police Deploy Tear Gas Against Protesters Opposing Import Duty Hike

Xi Jinping Outlines Vision for Stronger Ties with Kyrgyzstan Ahead of SCO Summit

Xi Jinping Offers Condolences After Deadly Nepal Mudslide

Xi Jinping Oversees Response to Deadly Mudslide Near Nepal Border

Xi Jinping Announces New Ambassadorial Appointments

Nepal Flash Floods Leave Hundreds Dead, Over 1,000 Missing

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu