ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीमा आमासँग छुटेकी ५ वर्षीया इशारा अस्पतालमा, ‘ममीलाई बगायो… म जालीमा अड्किएँ’


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ५ : ०५   बजे

काठमाडौं । रसुवाको खाल्टेमा आएको विनाशकारी बाढीमा आमासँग छुटेकी पाँच वर्षीया इशारा तामाङ अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत छिन्। बाढीको भेलमा बगेकी उनी जालमा अल्झिएको अवस्थामा उद्धार भएकी थिइन्।

बुधबार उद्धार गरी अस्पताल ल्याइएकी इशारालाई सुरुमा आकस्मिक कक्षको रेड जोनमा राखेर उपचार गरिएको थियो। अहिले उनलाई पेडियाट्रिक सर्जरी वार्डमा राखिएको छ।

बाढीको त्रासबाट अझै मुक्त हुन नसकेकी इशारा कहिले आँखा खोल्छिन्, वरिपरि हेर्छिन् र फेरि चुपचाप हुन्छिन्। उनको शरीरमा चोटका निशान छन् भने घाँटीमा सपोर्टका लागि नरम पट्टी तथा उपचारका उपकरण लगाइएको छ। बायाँ हातमा क्यानुला राखिएको छ।

तर उनको सबैभन्दा ठूलो पीडा भने परिवारको साथ नहुनु हो। अस्पतालमा उपचार भइरहे पनि अहिलेसम्म उनका आमा–बुवालगायत आफन्त सम्पर्कमा आएका छैनन्।

‘इशारा तामाङ’ भनेपछि खुल्यो पहिचान

अस्पताल ल्याउँदा इशाराको अवस्था सामान्य थिएन। बाढीको त्रासका कारण उनी मानसिक रूपमा समेत प्रभावित देखिएकी थिइन्।

उनको उपचारमा संलग्न चिकित्सक डा. विवेक गुरुङका अनुसार इशारा अझै पूर्ण रूपमा होसमा आइसकेकी छैनन्। तर आँखा खोल्नेबित्तिकै उनले आफ्नो नाम भने बताइन्– ‘इशारा तामाङ।’

त्यही नामबाट उनको पहिचान खुलेको हो।

बिस्तारै उनले आफू रसुवाकी भएको र बाढी आएको बेला आमासँगै रहेकोबारे केही बताउन थालेकी छन्।

‘ममीलाई बगायो । म हाम फालेर अघि बढ्दा जालीमा अड्किएँ,’ उनले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुनाएकी छन्।

उनको भनाइअनुसार बाढीको भेलले आमालाई बगाएर लगेपछि उनी पनि भेलमा परेकी थिइन्। तर भाग्ने क्रममा जालमा अल्झिएपछि उनको ज्यान जोगिएको थियो।

अस्पतालका स्वास्थ्यकर्मी नै बने ‘आफ्ना मान्छे’

परिवारको कुनै सदस्य सम्पर्कमा नआएपछि अहिले इशाराको उपचारसँगै हेरचाहको जिम्मेवारी पनि अस्पतालका स्वास्थ्यकर्मीले सम्हालिरहेका छन्।

डाक्टर, नर्स तथा अन्य कर्मचारीले उनलाई औषधि र उपचारसँगै खाना, कपडा तथा आवश्यक सामग्रीको समेत व्यवस्था गरिरहेका छन्।

इशाराको हेरचाहमा खटिएकी अस्पतालकी अटेन्डेन्ट पवित्रा मगरका लागि उनी सामान्य बिरामीजस्ती छैनन्।

‘अहिले त स्वास्थ्यकर्मी नै उहाँका आफ्ना मान्छे हुन्,’ पवित्राले भनिन्, ‘डाक्टरदेखि हामी सबै कर्मचारीको ध्यान उहाँप्रति नै बढी छ। उहाँलाई केही चाहिएको छ कि, स्वास्थ्य अवस्था कस्तो छ भनेर ख्याल गरिरहेका छौँ।’

बाढीले उनका अधिकांश सामान बगाएको थियो। अस्पताल ल्याउँदा लगाउने कपडासमेत नभएको अवस्थामा स्वास्थ्यकर्मीले नै उनको आवश्यक व्यवस्था गरेका थिए।

कानको सुनको मुन्द्रा बन्यो एउटा चिनो

इशाराको साथमा भेटिएको एउटा सानो सुनको मुन्द्रा अहिले उनको सामानमध्ये महत्वपूर्ण चिनो बनेको छ।

सिटी स्क्यान गराउने क्रममा उनको कानमा सुनको मुन्द्रा रहेको भेटिएपछि त्यसलाई सुरक्षित राखिएको पवित्राले बताइन्।

‘सिटी स्क्यान गराउँदा उहाँको कानमा सुनको मुन्द्रा थियो। अहिले हिफाजतसँग राख्न इन्चार्जलाई दिएको छु,’ उनले भनिन्।

परिवारको पहिचान र अवस्था निश्चित नभएकाले इशाराका सामान सुरक्षित राखिएको अस्पतालले जनाएको छ।

बुवाको खोजीमा सामाजिक सञ्जाल

इशाराका बुवाको खोजीसमेत भइरहेको छ। आफन्त तथा शुभेच्छुकले सामाजिक सञ्जालमार्फत उनको परिवारको खोजी गरिरहेका छन्।

चेजिङ लामा नामको फेसबुक अकाउन्टबाट समेत इशाराका बुवालाई खोज्न आग्रह गरिएको छ। उनको विद्यालयसँग पनि तत्काल सम्पर्क स्थापित हुन नसकेको जनाइएको छ।

रसुवामा आएको बाढीले सयौँ परिवारलाई प्रभावित बनाएको छ। कोही आफन्त खोज्दै अस्पताल पुगेका छन्, कोही आफैं घाइते भएर उपचार गराइरहेका छन्।

तर इशाराको कथा अझ फरक छ—उनी बाँचेर अस्पताल आइपुगेकी छन्, तर उनलाई लिन आउने आफ्ना मान्छे नै कहाँ छन् भन्ने अझै थाहा छैन।

अस्पतालको शैय्यामा उपचाररत इशाराको शरीरका चोट विस्तारै निको हुँदै जाला। तर पाँच वर्षकै उमेरमा भोगेको बाढीको त्रास र आमासँग छुटेको पीडा भने उनका लागि अझै ठूलो घाउ बनेर बाँकी छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी र त्रिशूलीमा पानीको बहाव सामान्य, जोखिम भने कायमै

अपर त्रिशूली–३ ‘बी’ आयोजनाको क्याम्प लेदोले पुरियो, उद्धार कार्य चुनौतीपूर्ण

सम्बन्धित

लाङटाङ लिरुङबाट चोइटिएको हिउँले निम्त्यायो विनाशकारी हिमबाढी

भोटेकोशी बाढीपछि मधेशका १० जना सम्पर्कमा, ११६ अझै बेपत्ता

भोटेकोसी बाढीपछि शव व्यवस्थापनमा चुनौती, ५११ शव कुन-कुन अस्पतालमा छन् ?

लगानी र उद्योग दर्ता सहज बनाउने गरी औद्योगिक व्यवसाय ऐन संशोधनको तयारी

उत्तरगया गाउँपालिकाका जनप्रतिनिधि ज्ञानु विक सम्पर्कविहीन

रक्षाबन्धनमा बहिनी खोज्दै शवगृह पुगेका दाजु, भाइको खोजीमा कविता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu