काठमाडौं । बाढीका कारण अवरुद्ध भएको काठमाडौं–चितवन मुग्लिङ सडकखण्ड पुनः सञ्चालनमा आएको छ।
नेपाल प्रहरीले जनाएअनुसार काठमाडौंदेखि मुग्लिङसम्मको सडकखण्ड अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ। बाढी तथा पहिरोका कारण केही समय अवरुद्ध भएको सडक खुलेसँगै यात्रु तथा सवारीसाधनको आवागमन सहज भएको छ।
तर, धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा भने एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
गत भदौ १० गते चीनको तिब्बततर्फबाट नेपाल प्रवेश गरेको विनाशकारी बाढीका कारण त्रिशूली नदी आसपासका सडक तथा पुलमा क्षति पुग्दा काठमाडौं–मुग्लिङ सडकखण्डको यातायात प्रभावित भएको थियो।
सडक खुले पनि बाढी प्रभावित क्षेत्रमा अझै जोखिम कायम रहेकाले प्रहरीले यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्