ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूर्य नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड सहयोग


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ८ : ४५   बजे

काठमाडौं । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सूर्य नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड रुपैयाँ सहयोग गरेको छ।

सूर्य नेपालले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।

कम्पनीका अनुसार पूर्वजानकारीसहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइएको यो रकम हालसम्म निजी क्षेत्रबाट प्राप्त सबैभन्दा ठूलो सहयोग हो।

अर्थमन्त्री वाग्लेलाई सूर्य नेपालका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी तथा महाप्रबन्धक प्रेम अर्यालले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका थिए।

पछिल्लो समय भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। विपद्पछि प्रभावितको उद्धार तथा राहतका लागि सरकार र निजी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ।

सूर्य नेपालको यो सहयोग बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत, उद्धार तथा पुनर्स्थापनाका काममा परिचालन गरिनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

सम्बन्धित

प्रधानमन्त्री राहत कोषमा १ करोड ९ लाख दिने ८७ वर्षीया मनकारी वृद्धा राजी राणा को हुन्?

रसुवा बाढीले बीमा क्षेत्रमा पनि बढायो जोखिम, भूकम्प र जेनजी आन्दोलनभन्दा ठूलो दाबी आउन सक्ने

चितवनमा पहिचान नभएका २२९ शव व्यवस्थापन गरिने

बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वर्ल्डलिंक ग्राहकलाई राहत, इन्टरनेट सेवा नरोकिने

जलविद्युत् आयोजनामा संकट : १३ आयोजना प्रभावित, ९३३ जना सम्पर्कविहीन

लाङटाङ लिरुङबाट चोइटिएको हिउँले निम्त्यायो विनाशकारी हिमबाढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu