ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वर्ल्डलिंक ग्राहकलाई राहत, इन्टरनेट सेवा नरोकिने


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ८ : ४५   बजे

काठमाडौं । बाढीबाट प्रभावित त्रिशूली, गजुरी र गल्छी क्षेत्रका ग्राहकलाई वर्ल्डलिंक कम्युनिकेसन्सले विशेष राहत सुविधा उपलब्ध गराउने भएको छ।

बाढीका कारण प्रभावित ग्राहकलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले ती क्षेत्रमा तत्काल इन्टरनेट सेवा विच्छेद नगर्ने कम्पनीले जनाएको छ। नियमित रूपमा सेवा शुल्क तिर्न नसकेका वा सेवा अवधि सकिन लागेका ग्राहकको इन्टरनेट पनि तत्काल बन्द नगरिने वर्ल्डलिंकले स्पष्ट पारेको छ।

कम्पनीका अनुसार नवीकरणको म्याद सकिन लागेका ग्राहकलाई थप पाँच दिनको निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ। बाढीका कारण विस्थापित तथा आर्थिक रूपमा प्रभावित ग्राहकलाई यसबाट केही राहत पुग्ने अपेक्षा गरिएको छ।

भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीका कारण त्रिशूली, गजुरी र गल्छीलगायतका क्षेत्रमा सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। बाढीका कारण स्थानीय बासिन्दाको दैनिक जीवनसमेत प्रभावित भएको छ।

यस्तो कठिन परिस्थितिमा सञ्चार सेवा निरन्तर राख्नु आवश्यक रहेको भन्दै वर्ल्डलिंकले प्रभावित ग्राहकलाई सहयोग गर्ने नीति लिएको हो।

कम्पनीले बाढी प्रभावित क्षेत्रका ग्राहक तथा सर्वसाधारणलाई ‘तपाईंको सुरक्षा नै पहिलो प्राथमिकता हो’ भन्दै जोखिमयुक्त स्थानबाट टाढा रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

सम्बन्धित

प्रधानमन्त्री राहत कोषमा १ करोड ९ लाख दिने ८७ वर्षीया मनकारी वृद्धा राजी राणा को हुन्?

रसुवा बाढीले बीमा क्षेत्रमा पनि बढायो जोखिम, भूकम्प र जेनजी आन्दोलनभन्दा ठूलो दाबी आउन सक्ने

चितवनमा पहिचान नभएका २२९ शव व्यवस्थापन गरिने

सूर्य नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड सहयोग

जलविद्युत् आयोजनामा संकट : १३ आयोजना प्रभावित, ९३३ जना सम्पर्कविहीन

लाङटाङ लिरुङबाट चोइटिएको हिउँले निम्त्यायो विनाशकारी हिमबाढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu