ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीको कारणबारे दुई सम्भावना : हिमताल फुट्यो कि हिमनदी–खोला थुनियो?


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ८ : १५   बजे

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको उत्पत्तिबारे वैज्ञानिक वृत्तमा मुख्यतः दुई सम्भावनाबारे चर्चा भइरहेको छ । पहिलो, उच्च हिमाली क्षेत्रमा रहेको हिमताल फुटेर ठूलो परिमाणमा पानी एक्कासि तल झरेको हुनसक्ने र दोस्रो, खोला वा हिमनदी थुनिएर अचानक फुट्दा बाढी आएको हुनसक्ने ।

त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक तथा जलवायु एवं हिमताल विज्ञ डा. सुदीप ठकुरीका अनुसार प्रारम्भिक विवरणले रसुवाको नाम्दा–केरुङको उत्तरी भेगमा भएको ठूलो हिमाली घटना यस विपद्सँग जोडिएको हुनसक्ने देखाएको छ ।

उहाँका अनुसार उक्त क्षेत्रमा करिब पाँच हजार मिटरभन्दा बढी उचाइमा रहेको हिमनदी झन्डै दुई हजार मिटर तल खसेको प्रारम्भिक अनुमान छ ।

“त्यो दुरी र भिरालोपनमा झर्दा चट्टानहरू पनि झरेका हुन सक्छन्,” डा. ठकुरीले भन्नुभयो, “एकदमै ठूलो गतिका साथ झरेको हुनुपर्छ । यो नेपाल र चीनको बोर्डरसम्म आइपुग्यो ।”

उहाँले यस्तो अवस्थामा उत्पन्न हुने गतिज ऊर्जा (Kinetic Energy) अत्यन्त ठूलो हुनसक्ने बताउनुभयो । प्रारम्भिक अनुमानअनुसार हिम तथा चट्टानको ठूलो पिण्ड अत्यधिक वेगमा तल खसेको हुनसक्ने उहाँको भनाइ छ ।

“त्यो बरफको ढिक्को एकदमै धेरै हुनुपर्छ भन्ने लाग्छ । १८० किलोमिटर प्रतिघण्टाको दरले झरेको हुनुपर्छ,” उहाँले भन्नुभयो ।

‘यो सामान्य बाढीको घटना होइन’

डा. ठकुरीका अनुसार भोटेकोशीमा आएको बाढीलाई विगतका विपद्सँग सामान्य रूपमा तुलना गर्न कठिन छ । यसको प्रभाव र क्षतिको परिमाण अत्यन्त ठूलो रहेको उहाँको भनाइ छ ।

“विगतका घटनासँग तुलना गर्नुभन्दा यो एउटा वन अफ द बढी क्षति पुर्‍याएको घटना हो,” उहाँले भन्नुभयो ।

उहाँले यस प्रकारका हिमाली विपद्का उदाहरण अन्य हिमाली क्षेत्रमा समेत देखिएको बताउनुभयो । भारतको सिक्किममा गत वर्ष हिमताल फुट्दा तल्लो तटीय क्षेत्रमा रहेको टिस्टा नदी र जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको उदाहरण उहाँले दिनुभयो ।

विपद्को सीमा देशको सीमाले रोक्दैन

भोटेकोशी घटनाले एउटा महत्वपूर्ण पक्ष पनि उजागर गरेको डा. ठकुरीको भनाइ छ—हिमाली तथा नदीजन्य विपद् कुनै एउटा देशको सीमाभित्र सीमित हुँदैन ।

यस घटनामा चीनतर्फ भएको हिमाली गतिविधिको प्रभाव नेपालमा देखिएको प्रारम्भिक अवस्थाले पनि सीमा वारिपारि सूचना आदानप्रदान र पूर्वचेतावनी प्रणाली आवश्यक रहेको देखाएको उहाँको तर्क छ ।

“चीनमा रहेको एउटा तालको कारणले नेपालमा क्षति पुग्यो,” उहाँले भन्नुभयो, “प्रत्येक वर्षजस्तो नेपालमा सुरु भएको बाढीपहिरोले तराई र भारतका क्षेत्रहरूमा असर पारेको देखिन्छ ।”

कहिलेकाहीँ नेपालबाट सुरु भएका बाढीका घटना बङ्गलादेशसम्म समेत प्रभाव पार्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।

त्यसैले हिमाली विपद्लाई केवल राष्ट्रिय समस्याका रूपमा हेर्नुभन्दा क्षेत्रीय जोखिमका रूपमा बुझ्नुपर्ने उहाँको सुझाव छ ।

“यो समग्रमा जोडिएको कुरा हो,” उहाँले भन्नुभयो, “कहिलेकाहीँ एउटा देशले मात्रभन्दा पनि क्षेत्रीय सहकार्य र समन्वय आवश्यक पर्छ ।”

अबको मुख्य प्रश्न : घटना कसरी भयो?

भोटेकोशी बाढीको वास्तविक उद्गम र कारण यकिन गर्न थप वैज्ञानिक अध्ययन आवश्यक हुनेछ । हिमताल फुटेको हो कि हिमनदी वा खोला थुनिएर अचानक विस्फोट भएको हो भन्ने विषयमा स्थलगत अध्ययन, स्याटलाइट तस्बिर, मौसम तथा जलप्रवाहसम्बन्धी तथ्यांक र हिमाली भूगोलको विस्तृत विश्लेषण आवश्यक देखिन्छ ।

तर प्रारम्भिक वैज्ञानिक संकेतले भने उच्च हिमाली क्षेत्रमा भएको ठूलो भू–हिमाली परिवर्तन र त्यसबाट उत्पन्न पानी, बरफ, चट्टान तथा लेदोको तीव्र बहावलाई गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने देखाएको छ ।

विशेषगरी सीमापारि रहेका हिमताल, हिमनदी तथा सम्भावित अवरोधहरूबारे नेपालले नियमित र वास्तविक समयको सूचना पाउने व्यवस्था गर्नुपर्ने आवश्यकता यो घटनाले थप बलियो बनाएको छ ।

भोटेकोशी बाढीको वास्तविक कारण पत्ता लगाउनु भविष्यमा यस्ता विपद्को जोखिम पहिचान, पूर्वसूचना र उद्धार योजनाका लागि समेत महत्वपूर्ण हुने विज्ञहरूको भनाइ छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

भोटेकोशी बाढीपछि आफन्तको एउटै पुकार : ‘सरकार, हाम्रा मान्छे खोजिदिनुस्’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

भोटेकोशी बाढीपछि आफन्तको एउटै पुकार : ‘सरकार, हाम्रा मान्छे खोजिदिनुस्’

प्रधानमन्त्री शाह : तीनै तहको समन्वयमा पूर्ण क्षमताका साथ उद्धार जारी

स्थगित परीक्षा पुनः सञ्चालन गर्न खोज्दा विद्यालयमा तनाव, प्रहरीसँग स्थानीयको झडप

भोटेकोशी बाढी : शनिबार मात्रै ५५० जनाको उद्धार

पाँच प्रदेशमा आज राति भारी वर्षाको सम्भावना, बाढीपहिरोप्रति सतर्क रहन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu