काठमाडौं । धादिङबेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोडिने सडक सञ्चालनमा ल्याइएको हो ।
वैकल्पिक सडक सञ्चालनमा आएसँगै धादिङ सदरमुकाम धादिङबेँसी पुनः सडक सञ्जालमा जोडिएको मन्त्रालयले जनाएको छ ।
यसअघि भदौ १० गते आएको विनाशकारी बाढीले काठमाडौंलाई धादिङ सदरमुकामसँग जोड्ने त्रिशूली नदीमाथिको फुर्के खोला पुल बगाएपछिधादिङबेँसीको सडक सम्पर्क विच्छेद भएको थियो ।
वैकल्पिक सडक खुलेसँगै बाढी प्रभावित धादिङ सदरमुकामसम्म राहत तथा अत्यावश्यक सामग्री पुर्याउन र सर्वसाधारणको आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्