ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौं महानगरले साढे ४ करोडभन्दा बढी सहयोग गर्ने


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ५ : १५   बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको विपद् व्यवस्थापन तथा राहतका लागि चार करोड ५४ लाख १४ हजार ७८७ रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ ।

महानगरपालिकाको ५७औँ कार्यपालिका बैठकले बाढी प्रभावित नागरिकका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, पिउने पानी, त्रिपाल, कम्बललगायत सामग्री उपलब्ध गराउने निर्णय गरेको हो ।

महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार विपद् व्यवस्थापन समितिलाई आवश्यकताअनुसार इन्डक्सनसहितका भाँडावर्तन, सिलिन्डर, एम्बुलेन्स, यातायातका साधन, शववाहन, एक्साभेटर र जेट मेसिन लगायतका साधन तथा सामग्री व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ । आवश्यक जनशक्तिसमेत परिचालन गरिनेछ ।

विपद् कोषबाट ३ करोड

कुल सहयोगमध्ये महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट तीन करोड रुपैयाँ उपलब्ध गराइनेछ ।

बाँकी रकम जनप्रतिनिधि तथा कर्मचारीको पारिश्रमिक र सुविधाबाट संकलन गरिनेछ । त्यसका लागि कार्यपालिका सदस्यको एक महिनाको सुविधा, वडा सदस्यको पाँच दिनको सुविधा तथा सहरी योजना आयोगका पदाधिकारी र सहायक विज्ञको सात दिन बराबरको पारिश्रमिक तथा सुविधा रकम जम्मा गरिनेछ ।

त्यस्तै, महानगरमा कार्यरत अधिकृतस्तरका कर्मचारीको सात दिन, सहायकस्तरका कर्मचारीको पाँच दिन तथा श्रेणीविहीन कर्मचारीको दुई दिन बराबरको पारिश्रमिकबाट समेत सहयोग रकम संकलन गरिने महानगरले जनाएको छ ।

‘उद्धारपछि पनि पुनःस्थापना आवश्यक’

कार्यवाहक प्रमुख डंगोलले विपद् व्यवस्थापनलाई तत्काल उद्धारमा मात्र सीमित गर्न नहुने बताइन् ।

उनका अनुसार प्रभावित नागरिकलाई जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा पुर्‍याएपछि दैनिक जीवन सहज बनाउने र दीर्घकालीन पुनःस्थापनासम्मका काम पनि जिम्मेवारीपूर्वक अघि बढाउन आवश्यक छ ।

बाढी प्रभावित क्षेत्रका नागरिकसँगै काठमाडौंमा अध्ययन गरिरहेका विद्यार्थी तथा अस्पतालमा कुरुवा वा सहयोगी नभएका बिरामीको हेरचाहसम्मका विषयमा पनि महानगरले सहयोग गर्नुपर्ने उनले बताइन् ।

बैठकमा महानगरका प्रवक्ता नवीन मानन्धरले भदौ १० गते बाढी आएदेखि महानगरले खोज तथा उद्धार र मानवीय सहायताका क्षेत्रमा गरिरहेका कामबारे जानकारी गराएका थिए । विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले समितिले गरेका निर्णय तथा तिनको कार्यान्वयनबारे बैठकलाई जानकारी गराएका थिए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौं महानगरले साढे ४ करोडभन्दा बढी सहयोग गर्ने

बाढीमा १६ जनाको ज्यान जोगाउने जुनमाया : ‘आफूसँग लगाएको एक जोर कपडा मात्रै बाँकी छ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढीमा १६ जनाको ज्यान जोगाउने जुनमाया : ‘आफूसँग लगाएको एक जोर कपडा मात्रै बाँकी छ’

टेलिकमको सेवा :त्रिशूली–३ ‘ए’ आयोजनासँगैको टावर सञ्चालनमा, सुरुङ उद्धारमा सञ्चार सहज

धादिङबेँसी जाने वैकल्पिक सडक सञ्चालनमा, सदरमुकाम पुनः सडक सञ्जालमा जोडियो

France Faces Escalating Wildfires Amidst Firefighter Staffing Crisis

Customers Now Surveilling Workers With Wearable Cameras

UAW Members Vote on Leadership as Union Pursues Reform

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu