ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीमा मृत्यु भएकाका २५९ शव चितवनमा फेला, पहिचान हुन नसकेकाको जमिनमुनि व्यवस्थापन


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ८ : २५   बजे

नारायणगढ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा परी मृत्यु भएकाहरूको शव खोजी, परीक्षण तथा व्यवस्थापनको काम चितवनमा तीव्र पारिएको छ। जिल्लाका सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी शव खोजी तथा व्यवस्थापनमा निरन्तर खटिएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार मध्यरातसम्म नारायणी नदीका विभिन्न स्थानबाट २५९ शव फेला परेका छन्।

नदीमा फेला परेका शव भरतपुर अस्पतालमा ल्याएर पोस्टमार्टम तथा अन्य परीक्षण गर्ने गरिएको छ। पहिचान हुन नसकेका शवलाई भने आवश्यक प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन गर्ने काम भइरहेको छ। शुक्रबार रातिसम्म करिब एक सय शव व्यवस्थापन गरिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

फेला परेका शवमध्ये हालसम्म नौ जनाको सनाखत भएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार शव व्यवस्थापन वैज्ञानिक विधि तथा अन्तर्राष्ट्रिय रेडक्रसले तोकेको मापदण्डअनुसार भइरहेको छ।

व्यवस्थापन गरिएका शवलाई डेढ मिटर गहिरो खाल्डोमा करिब ४० सेन्टिमिटरको फरकमा राखिएको छ। प्रत्येक शवको पहिचानका लागि कोड नम्बर राखिएको छ। सोही नम्बर शवमा र जमिनको माथिल्लो भागमा समेत राखिएको छ।

भविष्यमा परिवारजनले शव पहिचान गरेमा सहज रूपमा उत्खनन गरी बुझाउन सकिने गरी व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

शव व्यवस्थापन गर्नुअघि सबै शव तथा शवका अवशेषको भरतपुर अस्पतालमा पोस्टमार्टम भइरहेको छ। विज्ञ टोलीले शवको पोस्टमार्टमसँगै डीएनए परीक्षण तथा औँठाछाप लिने कामसमेत गरिरहेको छ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्व बगालेका अनुसार अस्पतालका विज्ञ समूहसँगै अन्य जिल्लाबाट आएका विशेषज्ञसमेत शव परीक्षणमा खटिएका छन्।

उनका अनुसार शव परीक्षण तथा व्यवस्थापनको काम आइतबारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो।

बाढीपछि नारायणी नदीमा बगेर आएका शव चितवनका विभिन्न स्थानमा फेला पर्ने क्रम जारी रहेकाले खोजी, पहिचान, परीक्षण र व्यवस्थापनको कामलाई सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीले निरन्तरता दिइरहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा पुनः बाढी आएपछि धुञ्चेसम्म त्रास, स्थानीय सुरक्षित स्थानमा गए

भोटेकोसीमा आएको बाढीले आधा घण्टामै त्रिशूलीको जलसतह ३ मिटर बढ्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पोखरामा पहिचान हुन नसकेका शवको वैकल्पिक व्यवस्थापन गरिँदै

भोटेकोसीमा पुनः बाढी आएपछि धुञ्चेसम्म त्रास, स्थानीय सुरक्षित स्थानमा गए

भोटेकोसीमा आएको बाढीले आधा घण्टामै त्रिशूलीको जलसतह ३ मिटर बढ्यो

भोटेकोशीमा पुनः बाढी, धुन्चेवासी सुरक्षित स्थानमा सरे

भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक खड्काप्रति श्रद्धाञ्जली

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu