ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनको भाउमा ठूलो गिरावट, तोलामा ९ हजार ५ सय रुपैयाँ घट्यो


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ११ : ४५   बजे

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा ९ हजार ५ सय रुपैयाँ घटेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ। यसअघि गएको शुक्रबार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँ तथा बिहीबार १ हजार २ सय रुपैयाँले घटेको थियो। शुक्रबार सुनको भाउ ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो।त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १ सय ८५ रुपैयाँ घटेर ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गएको शुक्रबार चाँदीको मूल्य तोलाको ४ हजार ९ सय ६५ रुपैयाँ थियो।यसअघि माघ १५ गते सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो। त्यस्तै, माघ १५ गते चाँदीको मूल्य पनि ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो। माघ १८ गते चाँदीको मूल्यमा तोलामा १ हजार ५ सय ६५ रुपैयाँको गिरावट आएको थियो, जुन हालसम्मकै ठूलो एकदिने गिरावट मानिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपीडितलाई जाजु र शारडा ग्रुपको ६० लाखको राहत

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि नेपाली सेनासहित प्राविधिक टोली परिचालन

सम्बन्धित

भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ७३४ जनाको शव फेला

अमेरिकाले नेपालका बाढीपीडितलाई ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

नेपाल–चीन सीमामा बनेको कृत्रिम तालबाट पानी बाहिरिन थाल्यो, जोखिम कम

आज देशभर वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

विराटनगरमा चोरी गरेर भाग्ने क्रममा तीन तलाबाट खसेर एक जनाको मृत्यु

उपल्लो मुस्ताङमा हिमताल र बाढीको जोखिमबारे ड्रोनबाट अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu