काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म ७३४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजे सार्वजनिक गरेको बुलेटिनअनुसार बाढीपछि बेपत्ता भएकामध्ये उक्त संख्यामा शव फेला परेको हो।
प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको छ।
प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ। उद्धार तथा खोजी कार्य प्रभावित क्षेत्रमा अझै जारी रहेको जनाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्