ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा हिमताल र बाढीको जोखिमबारे अनुगमन


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ८ : ३५   बजे

मुस्ताङ । उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिम पहिचानका लागि स्थलगत तथा ड्रोनमार्फत अनुगमन सुरु गरिएको छ ।

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उच्च हिमाली क्षेत्रमा विपद्को जोखिम पहिचान र पूर्वतयारीलाई तीव्रता दिँदै अनुगमन थालिएको हो । हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपालअन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान र उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको छ ।

एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल–चीन सीमास्थित १८ र १९ नम्बर सीमास्तम्भ नजिक रहेका कालीगण्डकी नदी प्रणालीका दुई मुहानको स्थलगत तथा ड्रोनमार्फत निरीक्षण गरिएको थियो । निरीक्षणका क्रममा हिमपातको अवस्था र सम्भावित जोखिमको मूल्यांकन गरिएको र तत्काल कुनै जोखिम नदेखिएको उनले बताए ।

त्यसपछि लोमान्थाङ माथिको उच्च पर्वतीय क्षेत्रमा रहेको घ्याकरछु तालको निरीक्षण गरिएको छ । समुद्र सतहबाट करिब पाँच हजार ५५० मिटरको उचाइमा रहेको उक्त क्षेत्रमा ड्रोनमार्फत गरिएको निरीक्षणका क्रममा हिमनदीका ढिस्का देखिए पनि तत्काल जोखिमको संकेत नदेखिएको पौडेलले बताए ।

अब लोमान्थाङको चुमजुङमाथि रहेको छुआमा पिकको शिर तथा लोघेकर दामोदरकुण्ड–१ चराङमाथिको पर्वतीय क्षेत्रमा कालीगण्डकी नदी प्रणालीको अनुगमन गर्ने योजना रहेको छ । ती क्षेत्रमा जीपीएसबाट हिमताल रहेको देखिएपछि स्थलगत निरीक्षण गर्न लागिएको पौडेलले बताए ।

गत वर्ष लोमान्थाङको चुमजुङमाथि छुआमा पिकबाट कालीगण्डकी नदी प्रणालीमा लेदोसहितको बाढी आएपछि स्थानीय क्षेत्रमा जोखिम बढेको थियो ।

उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने, हिमपहिरो जाने वा बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदीका मुहान तथा संवेदनशील क्षेत्रको नियमित अनुगमनलाई निरन्तरता दिइने एक्यापले जनाएको छ ।

सम्भावित विपद्को जोखिम पहिचान, प्रारम्भिक चेतावनी र प्रभावकारी प्रतिकार्यका लागि उच्च हिमाली क्षेत्रमा नियमित अनुगमन तथा विपद् पूर्वतयारीलाई थप सुदृढ बनाउने तयारी गरिएको छ । रासस

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा पुनः बाढी आएपछि धुञ्चेसम्म त्रास, स्थानीय सुरक्षित स्थानमा गए

भोटेकोसीमा आएको बाढीले आधा घण्टामै त्रिशूलीको जलसतह ३ मिटर बढ्यो

सम्बन्धित

रसुवाको भोटेकोशीमा पुनः बाढी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

‘बाढी आउँदैछ’ भन्ने खबर पाएर विद्यालय पुगेँ, तर २० भन्दा बढी विद्यार्थी हराइसकेका थिए

रसुवा बाढी उद्धारमा भारत–चीनको संलग्नताः सहयोग कि भू–राजनीतिक छटपटी ?

आजको विदेशी मुद्रा विनिमयदर : डलर १५२.९१ रुपैयाँ

भोटेकोशी बाढीको रहस्य खुल्दै : हिमालबाट खसेको बरफ–चट्टानले कसरी मच्चायो महाविनाश?

भोटेकोसी बाढीपछि भारतले हिमनदी र हिमतालको निगरानी बढायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu