ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चेलीलाई कोठीमा बेच्ने वडाध्यक्षमाथि सर्वोच्चको आदेश ‘तारेखमा छोडदेउ’


admin
६ बैशाख २०७५, बिहिबार   ४ : ३७   बजे

काठमाडौं, ६ वैशाख । चेलीबेटी बेचबिखन आरोपमा ३७ वर्षको कैद सजाय पाएका नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई सर्वोच्चले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

वडाअध्यक्ष तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको इजलासले थुनामा नराख्न आदेश दिएको हो।

उनलाई जिल्ला अदालत नुवाकोटले सुन्तली तामाङ र सानुमैया तामाङलाई बिक्री गरेको मुद्दामा दोषी ठहर गर्दै २०६८ असोज ६ गते ६ वर्षको कैद सजाय तोकेको थियो।

सोहि मुद्दामा प्रहरीले तामाङलाई ६ वर्षपछि पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गरेपछि तामाङको हकमा उनका छोरा प्रदीप तामाङले गत २०७४ माघ १० गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएका थिए।

१० वर्षभन्दा कम सजाय हुने मुद्दाको हकमा पुनरावेदन नबसी धरौटी राखेर अदालतको अनुमतिमा मुद्दा लड्न पाउने व्यवस्था छ।

अर्को मुद्दामा गाउँका करिब २ सय महिलालाई बेचेको, वेश्यालय चलाएको लगायत सबै अभियोगमा जिल्ला अदालत नुवाकोटले गत २०७४ चैत ९ गते सुनबहादुरलाई ३७ वर्ष कैद सजाय र २ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो। उनीसहितका तीन जनालाई यस्तो सजाय सुनाइएको थियो।

उक्त मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले सुनबहादुरका बाबुको नाम र स्थायी ठेगाना फरक रहेको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो। उनी दोषी ठहर भएको मुद्दामा तामाङको स्थायी ठेगाना नुवाकोट घाङफेदी ४ र बाबुको नाम वीरबहादुर तमाङ छ। पुरानो मुद्दामा घाङफेदी ६ र बाबुको नाम आइतमान तामाङ रहेको भन्दै सर्वोच्चले थुनामुक्त गर्ने फैसला सुनाएको हो।

तामाङलाई २०७४ पुस ७ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो। उनी विरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिचन तथा ओसारपसार मुद्दा दर्ता भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group