काठमाडौँ । खोज तथा उद्धारका क्रममा चिलिमे र अपर त्रिशूली–१ जलविद्युत् आयोजनाका टनेलमा तीन जनाको शव भेटिएको छ। नेपाली सेनाका अनुसार चिलिमे हाइड्रोपावरको टनेलमा दुई वटा शव फेला परेका छन्। विदेशी विशेषज्ञसहितको संयुक्त खोज तथा उद्धार टोली टनेलभित्र करिब १०० मिटर प्रवेश गरी खोजी गर्ने क्रममा हिलोमाटोले पुरिएको अवस्थामा ती शव फेला पारेको हो। यस्तै, अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। उद्धार टोलीले टनेलभित्र करिब ३०० मिटरसम्म प्रवेश गरी खोजी गर्ने क्रममा शव फेला पारेको नेपाली सेनाले जनाएको छ। बाढीपछि विभिन्न जलविद्युत् आयोजना तथा टनेलमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनासहित विदेशी प्राविधिक तथा उद्धार टोली परिचालन गरिएको छ।
Originally published on abcnews.com.np.





प्रतिक्रिया दिनुहोस्