ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा पुग्ने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा मगर फिल्डमै


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १२ : ४५   बजे

काठमाडौं । रसुवा पुग्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्रता दिन बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर आफैँ फिल्डमा खटिएका छन् ।

सोमबार बिहानैदेखि मुख्यमन्त्री मगर चोगटे–सरमथली–जीरोकिलो हुँदै रसुवा जोड्ने वैकल्पिक सडकमा पुगेका हुन् । उनले सडकमा देखिएका समस्या पहिचान तथा समाधान गर्दै निर्माण कार्यको स्थलगत अनुगमन गरिरहेका छन् ।

मुख्यमन्त्री मगरले सडक फराकिलो बनाउने तथा आवतजावत सहज हुने गरी स्तरोन्नतिको कामको अनुगमन गरेका छन् । सडक निर्माणका क्रममा देखिएका अवरोध तत्काल हटाएर कामलाई तीव्र गतिमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइएको उनले बताए ।

रसुवामा बाढीपछि मुख्य सडक तथा यातायात पूर्वाधारमा क्षति पुगेकाले वैकल्पिक मार्गलाई तत्काल सञ्चालनयोग्य बनाउनु प्रदेश सरकारको प्राथमिकतामा रहेको मुख्यमन्त्री मगरले बताए । राहत तथा अत्यावश्यक सामग्रीको ओसारपसार र नागरिकको आवतजावत सहज बनाउन सडक स्तरोन्नतिको काम अघि बढाइएको उनको भनाइ छ ।

नागरिकलाई सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न आफू फिल्डमै पुगेर कामको अवस्था बुझिरहेको मुख्यमन्त्री मगरले बताए ।

“जनताको सहज यात्रा र सुरक्षित भविष्यका लागि काम निरन्तर जारी छ,” उनले भने, “सडक निर्माणमा देखिएका समस्या समाधान गर्दै कामलाई गति दिइरहेका छौँ । सडक सुचारु गर्न सकियो भने उद्धार र राहत वितरणमा पनि सहज हुन्छ भन्ने अपेक्षा छ ।”

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

द्वन्द्वकालमा बेपत्ता १ हजार २४८ नागरिक अझै बेपत्ता

रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमा लेदो र पानी भरिँदा उद्धार प्रभावित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

द्वन्द्वकालमा बेपत्ता १ हजार २४८ नागरिक अझै बेपत्ता

रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमा लेदो र पानी भरिँदा उद्धार प्रभावित

Global Coral Reef Coverage Risks Irreversible Decline, Report Warns

Russia, China Leaders Set for Shanghai Cooperation Organisation Summit

Bhotekoshi Flood Highlights Himalayan Glacier Threat

Nepal Experts Defend Burying Unidentified Flood Victims Temporarily

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu