ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीपछि जलमापन केन्द्र बगे, पूर्वसूचना प्रणाली प्रभावित


ABC NEWS
१५ भदौ २०८३, सोमबार   २ : १५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले जलमापन केन्द्रहरू बगाएपछि बाढीको पूर्वानुमान तथा पूर्वसूचना संकलन कार्य चुनौतीपूर्ण बनेको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका बाढीविद् विनोद पराजुलीका अनुसार बाढीले सीमा क्षेत्रमा रहेका जलमापन केन्द्रहरू बगाएपछि तत्कालका लागि सीसी क्यामेरा जडान गरेर नदीको अवस्थाबारे सूचना संकलन गर्ने तयारी भइरहेको छ।

पराजुलीका अनुसार सम्भावित स्थानमा सीसी क्यामेरा जडान गर्न आइतबार नै एउटा टोली त्यसतर्फ पठाइएको छ। तत्कालका लागि कम्तीमा दुईवटा सीसी क्यामेरा राख्ने योजना रहेको उनले बताए।

“त्यो भयो भने हामी दिनरात यहाँ कन्ट्रोल रुममा बसेर सीसी क्यामेरामार्फत प्राप्त तस्बिरहरू अध्ययन गर्दै सूचना दिन सक्नेछौँ,” पराजुलीले रासससँगको अन्तर्वार्तामा भने।

स्वचालित उपकरण तत्काल राख्न कठिन

बाढीले पुललगायतका संरचना बगाउनुका साथै प्रभावित क्षेत्रमा दलदल र हिलो रहेकाले नदीको पानीको बहाव मापन गर्ने स्वचालित उपकरण तत्कालै पुनः जडान गर्न कठिन रहेको महाशाखाले जनाएको छ।

पराजुलीका अनुसार अहिलेको भौगोलिक अवस्थाका कारण प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा पुगेर नयाँ जलमापन केन्द्र स्थापना गर्नसमेत समस्या भइरहेको छ।

उनले भने, “पुलहरू बगेका छन्, जमिनमा दलदल र हिलो छ। त्यहाँ गएर तत्काल पुनः अर्को केन्द्र राख्न सक्ने अवस्था छैन।”

जलमापन केन्द्रहरू नै क्षतिग्रस्त भएपछि नदीको वास्तविक बहाव र पानीको सतहसम्बन्धी तथ्यांक नियमित रूपमा प्राप्त गर्न कठिन भएको छ। यस्तो अवस्थामा सीसी क्यामेराबाट प्राप्त दृश्यलाई विश्लेषण गरेर बाढीको सम्भावित जोखिमबारे सूचना प्रवाह गर्ने वैकल्पिक व्यवस्था अपनाउन लागिएको महाशाखाले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीले २३ विद्यालयमा क्षति, ६ हजार ९ सय विद्यार्थी प्रभावित

भोटेकोसी बाढी : बेपत्ताको खोजीमा ‘सम्पूर्ण शक्ति’ परिचालन गरिएको चिनियाँ राष्ट्रपति सीको भनाइ

सम्बन्धित

भोटेकोसी बाढीपीडितका लागि बाबुराम भट्टराईले दिए एक लाख सहयोग

हाकु क्षेत्रमा ६५–७० जना बेपत्ता, राहत पुर्‍याउनसमेत कठिन

चितवनमा भोटेकोसी बाढीका २७२ शव फेला, १२ जनाको मात्र सनाखत

नेपालमा सयभन्दा बढी हिमताल फुट्ने जोखिम, जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली आवश्यक

लाङटाङ हिमालको हिउँ चट्टान आठ महिनादेखि भासिँदै थियो, भदौ १० मा चोइटिँदा आयो भोटेकोशीमा हिमबाढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu