काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल र चीनबीच मौसम तथा जलविज्ञानसम्बन्धी तथ्यांक नियमित रूपमा आदानप्रदान भइरहेको दाबी गरेको छ।
सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल र चीनबीच जलविज्ञान तथा मौसमसम्बन्धी सूचना आदानप्रदान हुँदै आएको बताएका हुन्।
प्रवक्ता क्षेत्रीका अनुसार दुई देशबीच बाढीको जोखिम, हिमपहिरो, हिमताल तथा जलजन्य विपद्सम्बन्धी सूचना समेत नियमित रूपमा आदानप्रदान हुँदै आएको छ।
“नेपाल र चीनबीच जलवैज्ञानिक र मौसमसम्बन्धी तथ्यांकका साथै बाढीको जोखिम, हिमपहिरो, हिमनदी ताल, जल उत्पन्न विपद् लगायतका सूचनाहरूको नियमित रूपमा वास्तविक समयमा आदानप्रदान भइरहेको छ,” प्रवक्ता क्षेत्रीले भने।
भोटेकोसीमा आएको विनाशकारी बाढीपछि पूर्वसूचना प्रणाली तथा छिमेकी मुलुकसँग हुने जल तथा मौसमसम्बन्धी तथ्यांक आदानप्रदानको प्रभावकारिताबारे प्रश्न उठिरहेका बेला परराष्ट्र मन्त्रालयले यस्तो जानकारी दिएको हो।
मन्त्रालयका अनुसार सीमापार नदी, हिमाली क्षेत्रमा हुने सम्भावित विपद् तथा मौसमजन्य जोखिमबारे समयमै सूचना आदानप्रदान गर्नु पूर्वसूचना प्रणाली र विपद् जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण मानिन्छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्