ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पामा ठूलीभेरी नगरपालिकाको केन्द्र विवाद झन चर्किंदै


admin
६ बैशाख २०७५, बिहिबार   ६ : ३७   बजे

डोल्पा, ६ वैशाख । डोल्पा ठूलीभेरी नगरपालिकाको केन्द्र विवाद अरु चर्किंदै गएको छ । केन्द्र सारेको विरोधमा दुनैमा ४८औँ दिनमा झनै आन्दोलन चर्किएको हो । आन्दोलनका कारण दुनै बजारसमेत बन्द छ ।

ठूलीभेरी नगरपालिकाको केन्द्र सदरमुकाम दुनैबाट जुफाल नगरप्रमुख गणेशबहादुर शाहीले जालसाजी गरेर सारी राजपत्रमा प्रकाशित गरेको दुनैवासीको आरोप छ ।

अघिल्लो सरकारको मन्त्रिपरिषद्बाट डोल्पाको ठूलीभेरी नगरपालिकाको केन्द्र सार्ने निर्णय भई फागुन १६ गते जुफाल केन्द्र तोकेर राजपत्रमा प्रकाशित भएको थियो । जनताभन्दा पनि नगरपालिकाका जनप्रतिनिधिलाई नै जानकारी नगराई कार्यकारीको मिलेमतोमा केन्द्र सारेको भन्दै फागुन १६ गतेदेखि दुनैवासी अनिश्चितकालीन आन्दोलनमा उत्रिएका हुन् ।

नेकपा एमालेले टिकट दिएर जिताएका गणेशबहादुरले जनतामाथि खेलवाड गरेकाले उहाँमाथि पार्टीले कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

बुधबार डोल्पाको सदरमुकाममा रहेका होटल पसल र बजार बन्द रह्यो । नगरपालिकाको केन्द्र दुनैमै केन्द्र पुनःस्थापना गर्न पटक पटक चरणबद्ध ढंगले आन्दोलन गर्न बाध्य भएको दुनै संघर्ष समितिका अध्यक्ष तथा आन्दोलनका अगुवा हिक्मत शाहीले बताउनुभयो ।

केन्द्र विवादका कारण ठूलीभेरी नगरपालिकाका कुनै पनि वडामा विकासका काम अघि बढ्न नपाएको स्थानीयवासी बताउँछन् । आर्थिक वर्ष सकिनै लाग्दा नगरप्रमुखले सबै बजेट आफ्नो व्यक्तिगत खातामा राखेको र विकास नगरेको आरोप दुनैवासीको छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भए पनि तत्काल दुनैबाट काम गर्ने चेतावनी दुनैवासीले दिएका छन् ।

केन्द्र पुनःस्थापन गराउन यहाँका नगरवासी र स्वयं आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको भन्दै संघर्ष समितिका सदस्य दलबहादुर थापाले गाउँगाउँबाट जनता दुनैमा आएर आन्दोलनलाई साथ दिइरहेको बताउनुभयो । उहाँका अनुसार, “थाला, लोचा, तिप्ला, दुनै, रह, परिलालगायत थरगाउँका केही स्थानीय बासिन्दाले दुनैमा केन्द्र पुनःस्थापना हुनुपर्ने मागसहित चरणबद्ध रुपमा पटक पटक आन्दोलन गर्दै आएका छन् ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group