ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीको सातौँ दिन पनि जलविद्युत् आयोजनाका सुरुङमा उद्धार जारी


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   २ : १५   बजे

काठमाडौं । भोटेकोसी नदीमा आएको भीषण बाढीको सातौँ दिन मंगलबार पनि प्रभावित क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य जारी रहेको छ । भारतीय, चिनियाँ र दक्षिण कोरियाली विज्ञ तथा प्राविधिक टोलीको सहयोगमा नेपाली सेनाले विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा खोजी तथा उद्धार गरिरहेको हो ।

नेपाली सेनाका अनुसार चिलिमे हाइड्रोपावरमा विदेशी प्राविधिकसहितको संयुक्त खोज तथा उद्धार टोली सुरुङभित्र प्रवेश गरी करिब ५० मिटरसम्म पुगेर खोजी गरेको छ । त्यस्तै लाङटाङ हाइड्रोमा टोली सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्यमा जुटेको छ । अपर त्रिशूली–१ हाइड्रोमा पनि विदेशी विज्ञसहितको संयुक्त टोलीले सुरुङभित्र करिब २०० मिटरसम्म प्रवेश गरेर खोजी गरेको सेनाले जनाएको छ ।

त्रिशूली–३ ए आयोजनामा सुरुङको हेड फेला परेको र कम्प्रेसरमार्फत सुरुङभित्र हावा पठाउने काम भइरहेको छ । सुरुङभित्र जमेको पानी निकाल्ने कार्यसमेत जारी छ । तीनवटा एक्साभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको तथा रक ब्रेकरमार्फत सुरुङभित्र प्रवेश गर्ने स्थान बनाउन ढुंगा फुटाउने काम भइरहेको सेनाले जनाएको छ ।

त्रिशूली–३ बी आयोजनामा पनि विदेशी विज्ञसहितको टोली परिचालन गरिएको छ । सुरुङमा प्रवेश गर्ने द्वार पत्ता लगाएर एक्साभेटरको प्रयोग गरी भित्रतर्फ खन्ने काम भइरहेको छ ।

बाढीपछि तत्काल गरिएको उद्धारका क्रममा विभिन्न विद्युत् आयोजनाबाट २७९ जनाको जीवित उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । जसमा रसुवागढीबाट दुई, माथिल्लो त्रिशूली–१ बाट ३३, माथिल्लो त्रिशूली–३ ए बाट २२१, माथिल्लो त्रिशूली–३ बीबाट दुई, मैलुङबाट नौ, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट चार, त्रिशूली जलविद्युत् आयोजनाबाट तीन र देवघाट जलविद्युत् आयोजनाबाट पाँच जनाको उद्धार गरिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा काठमाडौं महानगरका १६ जना बेपत्ता, एक जनाको घर बग्यो

बाढीको शोकमा करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम स्थगित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढीमा काठमाडौं महानगरका १६ जना बेपत्ता, एक जनाको घर बग्यो

बाढीको शोकमा करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम स्थगित

सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँले घट्यो

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

बेत्रावतीमा बाढीले पुरिएको घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu