काठमाडौं । प्रतिनिधिसभाको आगामी बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट उत्पन्न महाविपत्तिका विषयमा विशेष प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बुधबार (भदौ १७) दिउँसो १ बजे बस्ने तय भएको छ ।
मंगलबार (भदौ १६) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको बैठकमा सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने सहमति गरेको हो । उक्त प्रस्तावमाथि ६ दलका तर्फबाट एक–एक जना सांसदले धारणा राख्ने सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए ।
प्रतिनिधिसभाको बैठक बिहीबार (भदौ १८) पनि बस्नेछ । त्यसपछि लगातार तीन दिन सार्वजनिक बिदा पर्नेछ ।
भोटेकोसी बाढीबाट भएको जनधनको क्षतिप्रति शोक व्यक्त गर्न भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने सरकारको तयारी रहेको जनाइएको छ । भदौ २३ गतेदेखि भने प्रतिनिधिसभामा नियमित कार्यसूची अघि बढाउने गरी छलफल भएको सचेतक परियारले बताए ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्