ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवामा ६१ शव टिमुरेमै, ४० शव अझै उठाउन बाँकी


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ४ : ३५   बजे

काठमाडौं । रसुवाको टिमुरेमा फेला परेका ६१ वटा शव मंगलबारसम्म घटनास्थलमै रहेका छन्। हेलिकप्टरमार्फत मात्रै ओसार्नुपर्ने भएकाले ती शव मंगलबार नुवाकोट ल्याउन नसकिएको प्रहरीले जनाएको छ।

मंगलबार मात्रै टिमुरेबाट १२ वटा शव नुवाकोटको त्रिशूली पठाइएको छ। बागमती प्रदेश प्रहरीका अनुसार टिमुरेमा सुरक्षाकर्मीले पुरिएका घर उत्खनन् गरी हालसम्म ९७ वटा शव फेला पारेका छन्। अझै ४० वटा शव उठाउन बाँकी रहेको प्रहरीले जनाएको छ।

मुचुल्का गरिसकिएका २१ वटा शवसमेत टिमुरेमै छन्। अस्पताल नपुर्‍याइएका शवको विवरणसमेत पूर्ण रूपमा अध्यावधिक हुन सकेको छैन।

रसुवामा फेला परेका तीनवटा शव काठमाडौं पठाइएको छ भने पाँचवटा शव यसअघि नै नुवाकोट पठाइएको थियो। बेत्रावतीमा सनाखत भएका तीनवटा शव आफन्तलाई बुझाइएको छ। यसअघि धुन्चे अस्पतालमा १२ वटा शव लगिएको थियो।

यसअघि बाढीले बगाएर नदी तथा आसपासका क्षेत्रमा पुगेका शव मात्रै संकलन गर्दै आएका सुरक्षाकर्मीले सोमबार र मंगलबार भने भत्किएका घर तथा संरचना उत्खनन् गरेर खोजी तीव्र पारेका थिए। त्यसक्रममा ठूलो संख्यामा शव फेला परेका हुन्।

रसुवाका प्रहरी प्रमुख डीएसपी अशोक थापाका अनुसार टिमुरे क्षेत्रमा तीन दिनदेखि लगातार उत्खनन् गरी खोजी गरिएको थियो।

‘तीन दिनदेखि उत्खनन् भइरहेको थियो। ९७ वटा शव फेला परेका छन्। एउटा पहिल्यै आफन्तले पहिचान गरेर लगिसकेका थिए। अब त्यहाँ खोजतलास सकियो भन्ने छ,’ उनले भने।

उनका अनुसार स्याफ्रुबेसीमा ९ वटा र बेत्रावतीमा ११ वटा शव फेला परेका छन्।

सुरक्षाकर्मीले नदी किनार तथा अन्य सम्भावित क्षेत्रमा समेत खोज तथा उद्धार अभियान जारी राखेका छन्।

यसैबीच, रसुवामा सबैभन्दा धेरै मानिस फसेको आशंका गरिएको सुरुङमा पनि खोजी तथा उत्खनन् जारी छ। नेपाली सेनाले विदेशी विज्ञहरूको सहयोगमा सुरुङभित्र फसेकाहरूको खोजी गरिरहेको भए पनि अहिलेसम्म सुरुङको भित्री भागसम्म पुग्न सकेको छैन।

सुरुङभित्र दक्ष जनशक्ति तथा अन्य व्यक्ति फसेको आशंकाका कारण उद्धारका लागि अत्याधुनिक प्रविधि र विशेषज्ञ टोली परिचालन गर्नुपर्ने मागसमेत बढिरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

बेत्रावतीमा बाढीले पुरिएको घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाइँदै

जलवायु अभियन्ता अटलदेव ढकाल ग्लोकल टिन हिरो दक्षिण एसिया विजेता

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो, ३ हजार ९१६ अझै बेपत्ता

५ दिनमा १६ हजार रुपैयाँ घटेको सुनको मूल्यमा आज पनि पहिरो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu