ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी : पोखरा ल्याइएका १०२ शवमध्ये २१ को सनाखत, ७६ शव सिसौघारीमा व्यवस्थापन


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ६ : ०५   बजे

पोखरा । रसुवाको भोटेकोसीमा भदौ १० गते आएको भीषण बाढीपछि खोज तथा उद्धारका क्रममा फेला परेका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये २१ शवको सनाखत भएको छ।

मंगलबार २१ शवको सनाखत गरी सम्बन्धित परिवारलाई बुझाइएको स्थानीय प्रशासनले जनाएको छ।

पहिचान खुल्न नसकेका ७६ शवलाई पोखरा महानगरपालिका–१६, माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन गरिएकोजिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा भने अझै पाँच शव राखिएका छन्। ती शवमध्ये एकभन्दा बढी परिवारले तस्बिर हेरेर आफ्नो आफन्त भएको दाबी गरेपछि थप परीक्षण गर्न बाँकी रहेको प्रशासनले जनाएको छ।

सबै शवको डीएनए नमुना संकलन

लामो समयसम्म शवगृहमा शव राख्दा दुर्गन्ध फैलनुका साथै संक्रमण तथा महामारीको जोखिम बढ्न सक्ने भएकाले पहिचान खुल्न नसकेका शवलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको बरालले बताए।

“लामो समय शवगृहमा राख्दा दुर्गन्ध फैलनाका साथै महामारीको जोखिम हुने भएकाले सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको हो। सबै शवको डीएनए लिएका छौँ। परिवारको डीएनए मिलेको अवस्थामा सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सकिन्छ,” उनले भने।

प्रशासनका अनुसार धादिङबाट प्राप्त २२, गोरखाबाट सात, नवलपरासीबाट २५ र तनहुँबाट प्राप्त २२ शव पोखरामा व्यवस्थापन गरिएको हो।

गहिरो खाडलमा प्लास्टिकमा राखेर पुरियो

पहिचान खुल्न नसकेका शवलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न विशेष सावधानी अपनाइएको प्रशासनले जनाएको छ।

शवलाई गहिरो खाडलमा हावा नछिर्ने प्लास्टिकको झोलामा राखेर सङ्केत नम्बर दिइएको थियो। त्यसपछि माटोले पुरिएको छ।

शव पुरिएको स्थानमा समेत पछि पहिचान गर्न सहज होस् भनेर गमला राखी प्रत्येक शवको सङ्केत नम्बर उल्लेख गरिएको ‘स्ट्यान्ड’ बनाइएको छ।

यसरी व्यवस्थापन गरिएका शवको डीएनए नमुना सुरक्षित राखिएकाले भविष्यमा बेपत्ता व्यक्तिका परिवारसँग डीएनए परीक्षण गर्दा मिलान भएमा शवको पहिचान गरी आवश्यक प्रक्रिया पूरा गरेर परिवारलाई हस्तान्तरण गर्न सकिने प्रशासनले जनाएको छ।

भोटेकोसी बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएकाले अझै पनि परिवारहरू आफन्तको खोजीमा छन्। पहिचान नखुलेका शवको डीएनए परीक्षण र सम्भावित आफन्तको नमुना मिलानमार्फत सनाखत गर्ने प्रक्रिया अघि बढाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी प्रभावितका लागि जापानको राहत सामग्री हस्तान्तरण

प्रतिनिधिसभाको बैठक आज, तीन महत्वपूर्ण प्रस्ताव र सम्झौता पेस हुँदै

सम्बन्धित

बाढी–पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित, कतै पूर्ण त कतै एकतर्फी अवरोध

एक सातादेखि चुल्हो बलेको छैन, मोबाइलमा छोरा फर्किने खबर कुरिरहेकी सरिता

भोटेकोसी उद्धारमा सरकारमाथि प्रदेशसभाको प्रश्न : ‘नागरिक मरिरहँदा किन रोकियो विदेशी सहयोग?

दश मुख्य राजमार्ग अवरुद्ध

बैतडीको लिस्किटामा जिप दुर्घटना, सात जना घाइते

बाढी पीडितलाई शाक्य कल्याण समाजको सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu