ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक अवरुद्ध : कुन–कुन ठाउँमा रोकियो यातायात?


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ८ : ४५   बजे

काठमाडौँ । देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले बुधबार बिहान ६ः३० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकमा यातायात अवरुद्ध भएको हो।

बागमती प्रदेश

  • काभ्रे–बीपी राजमार्ग: सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–काठमाडौँ सडकमा राति साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सडकको अवस्था हेरेर यातायात सञ्चालन गरिनेछ।
  • रसुवा: उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। मुख्य राजमार्ग अर्को सूचना नआएसम्म बन्द गरिएको छ।
  • नुवाकोट: बाढी तथा पहिरोका कारण टोखा–छहरे, पासाङल्हामु तथा विदुर–लच्याङ सडकखण्ड प्रभावित छन्। केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
  • धादिङ: पृथ्वी लोकमार्गअन्तर्गत बेनीघाट–रोराङ र गजुरी क्षेत्रमा पहिरोका कारण सडक प्रभावित भएको छ। बेनीघाट–रोराङ क्षेत्रमा भने एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

अन्य प्रदेश

  • लमजुङ, गण्डकी: पहिरोका कारण सडक अवरुद्ध।
  • मुगु, कर्णाली: छायाँनाथ रारा नगरपालिका–४ ताल्चामा मुगु–गमगढी सडक पूर्ण रूपमा अवरुद्ध।
  • बैतडी, सुदूरपश्चिम: दशरथचन्द नगरपालिका क्षेत्रमा गोठालापानी–झुलाघाट सडकखण्ड पूर्ण रूपमा अवरुद्ध।

प्रहरीले बाढी तथा पहिरोका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रामा निस्कनुअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्र आवागमन गर्न यात्रु तथा चालकलाई आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ‘एलो गुम्बा’मा विस्थापितको आश्रय, दुई सयभन्दा बढीको एउटै छानो

चितवनमा भोटेकोसी बाढीका ३३५ शव व्यवस्थापन, १२ जनाको मात्र सनाखत

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज देशभर वर्षाको सम्भावना, काठमाडौँमा दिउँसोपछि पानी पर्ने

भोटेकोसी बाढीपछि ‘एलो गुम्बा’मा विस्थापितको आश्रय, दुई सयभन्दा बढीको एउटै छानो

पञ्चकुण्ड तालमा जलवायु सङ्कटको संकेत, १२ वर्षमा क्षेत्रफल ८४६ प्रतिशतले बढेको दाबी

चितवनमा भोटेकोसी बाढीका ३३५ शव व्यवस्थापन, १२ जनाको मात्र सनाखत

कर्णालीले पूरा गर्यो विदेशी खेलाडीको कोटा

रसुवागढी र तातोपानी नाका ठप्प हुँदा व्यापारिक संकट, अर्बौँका सामान बाढीमा नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu