ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवागढी र तातोपानी नाका ठप्प हुँदा व्यापारिक संकट, अर्बौँका सामान बाढीमा नष्ट


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ८ : ५५   बजे

काठमाडौँ । भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले नेपाल–चीन व्यापारको प्रमुख नाका रसुवागढीस्थित रसुवा भन्सार कार्यालय पूर्ण रूपमा ध्वस्त बनाएपछि उत्तरी नाकाबाट हुने आयात–निर्यात ठप्प भएको छ। उता चिनियाँ पक्षले भदौ १४ गतेदेखि तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेपछि नेपाली व्यवसायी र बजारमा आपूर्ति संकटको जोखिम बढेको छ।

रसुवागढी नाका सामान्य अवस्थामा दैनिक ३० देखि ३५ वटा मालवाहक सवारीसाधन नेपाल भित्रिने प्रमुख व्यापारिक नाका हो। तीमध्ये दैनिक औसत २५ वटा नयाँ विद्युतीय सवारीसाधनसहित फलफूल, तयारी पोसाक तथा जलविद्युत् आयोजनाका सामग्री आउने गरेका थिए।

तर बाढीले टिमुरेदेखि रसुवागढीसम्मको क्षेत्रका भौतिक संरचना ध्वस्त बनाएपछि अहिले भन्सारको सम्पूर्ण प्रक्रिया र आवतजावत ठप्प छ।

नेपाल–चीन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका अध्यक्ष त्रिभुवनधर तुलाधरका अनुसार बाढीले नेपाली सीमा क्षेत्रको करिब दुई किलोमिटर आसपासका संरचना तहसनहस पारेको छ। चिनियाँ भूभागतर्फ पनि करिब १० किलोमिटरसम्म सडक तथा अन्य संरचनामा ठूलो क्षति पुगेको उनको भनाइ छ।

भन्सार यार्डमै सयौँ विद्युतीय गाडी नष्ट

रसुवा भन्सार कार्यालयका नायब सुब्बा राजेन्द्रप्रसाद ढुंगानाका अनुसार टिमुरेदेखि रसुवागढीसम्म पार्किङ गरेर राखिएका करिब ४०० देखि ५०० नयाँ कार, मिनी बस तथा माइक्रोबस बाढीले बगाएको छ।

नेपाल–चीन चेम्बरका अध्यक्ष तुलाधरका अनुसार बाढीमा एमजी कम्पनीका मात्रै करिब १०० वटा विद्युतीय गाडी परेका छन्।

नेपालतर्फ भन्सार क्षेत्रमा पर्याप्त पार्किङ स्थान नभएका कारण केरुङ बजारका गोदाममा राखिएका करिब ५०० विद्युतीय सवारीसाधन भने सुरक्षित रहेको उनले बताए।

गाडीबाहेक लसुन, स्याउलगायत फलफूल, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, लत्ताकपडा, माछा–मासु तथा विद्युतीय उपकरणसमेत ठूलो परिमाणमा नष्ट भएको व्यवसायीको भनाइ छ।

तुलाधरका अनुसार नाकामा लसुन बोकेका २० कन्टेनर अर्थात् करिब २०० टन लसुन समेत बाढीमा परेको छ। फलफूल आयात प्रभावित भएपछि बजारमा स्याउको मूल्य प्रतिकिलो ५० देखि १०० रुपैयाँसम्म बढिसकेको उनले बताए।

जाँचपास भइसकेका ७०–७५ ट्रक पनि बाढीमा परे

बाढी आउनुअघि नै भन्सार जाँचपास भइसकेका ७० देखि ७५ वटा मालवाहक ट्रकसमेत नाका क्षेत्रमा रोकिएका थिए।

भन्सार कार्यालयका नासु ढुंगानाका अनुसार जिल्ला प्रशासनले सुरक्षाका कारण साँझ ६ बजेपछि मालवाहक सवारी सञ्चालनमा रोक लगाएको थियो। भन्सार कार्यालयको अगाडि पहिरोसमेत गएपछि जाँचपास भएका गाडी बाहिर निस्कन सकेनन्।

ती गाडीमा रहेका चालक तथा सहचालकसमेत बाढीको चपेटामा परेका थिए।

बिमा नभएका सामानले व्यवसायीलाई थप जोखिम

विद्युतीय सवारीसाधनलगायत केही महँगा उपकरणको बिमा गरिएका कारण क्षतिपूर्ति दाबी गर्न सकिने भए पनि फलफूल, कपडा, लसुनजस्ता वस्तुको बिमा गर्ने प्रचलन न्यून रहेको व्यवसायीहरू बताउँछन्।

प्रतितपत्र (एलसी) बिना सिधै भुक्तानी गरेर ल्याइने सामानको बिमा अनिवार्य नहुँदा विशेषगरी साना व्यवसायीको ठूलो लगानी डुबेको तुलाधरको भनाइ छ।

बिमा गरिएका सामानको क्षति मूल्याङ्कनमा समेत समस्या देखिएको छ। चिनियाँ पक्षले तिब्बत क्षेत्रमा नेपाली सर्भेयरलाई प्रवेश गर्न नदिँदा क्षति मूल्याङ्कन र बिमा दाबी प्रक्रिया जटिल बनेको व्यवसायीहरूको गुनासो छ।

त्यसमाथि विदेशमा रकम पठाइसकेपछि सामान नेपाल भित्र्याउन नसकिएको अवस्थामा नेपाल राष्ट्र बैंकका नियमअनुसार आवश्यक कागजात बुझाउनुपर्ने व्यवस्थाले व्यवसायीलाई थप कानुनी झमेलाको चिन्ता बढाएको तुलाधरले बताए।

उनले व्यवसायीलाई कानुनी समस्याबाट जोगाउन, एकद्वार प्रणाली प्रभावकारी बनाउन र वैकल्पिक नाकाबाट आयात सहज बनाउन सरकारले तत्काल नीतिगत निर्णय गर्नुपर्ने माग गरेका छन्।

तातोपानी पनि अस्थायी बन्द

रसुवागढी नाका ठप्प रहेकै बेला चिनियाँ पक्षले भदौ १४ गतेदेखि तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको छ।

तातोपानी भन्सार कार्यालयका अधिकारी कमलकुमार भट्टराईका अनुसार चिनियाँ भन्सार कार्यालयलाई हालको स्थानबाट माथिल्लो क्षेत्रमा स्थानान्तरण तथा स्तरोन्नति गर्ने कामका कारण नाका बन्द गरिएको हो।

नेपालतर्फको सडक अस्थायी रूपमा मर्मत भए पनि भदौ १२ गतेपछि चीनबाट सामान आएको छैन।

तातोपानी नाकाबाट वार्षिक रूपमा करिब १४ देखि साढे १४ अर्ब रुपैयाँबराबरको भन्सार राजस्व सङ्कलन हुने भएकाले लामो समय नाका बन्द रहे राजस्वमा समेत ठूलो असर पर्ने देखिएको छ।

“चाडपर्वको मुख्य सिजनमा नाका बन्द भएको छ। वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा ढुवानी र समय लागत बढ्छ। यसले बजारमा सामानको मूल्य अत्यधिक बढ्ने जोखिम छ,” भट्टराईले बताए।

सरकार भन्छ– वैकल्पिक मार्गबाट आपूर्ति हुन्छ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भने वैकल्पिक मार्ग भएकाले तत्काल आपूर्ति संकट नहुने दाबी गरेका छन्।

उनका अनुसार टिमुरे नाका तत्काल सञ्चालनमा आउने सम्भावना कम रहेकाले काठमाडौँमा मालसामान भित्र्याउन त्रिभुवन राजपथबाट मालवाहक सवारी ल्याउने र कान्ति लोकपथबाट फर्काउने विषयमा छलफल भएको छ।

तर उत्तरी नाकाबाट नियमित हुने ठूलो परिमाणको व्यापार एकैपटक प्रभावित भएकाले वैकल्पिक मार्गले त्यसको सम्पूर्ण भार धान्न सक्ने–नसक्ने प्रश्न भने कायमै छ।

सरकारले ढुवानीलाई व्यवस्थित र सहज बनाउन फास्ट ट्र्याक निर्माणलाई समेत प्राथमिकता दिएको जनाएको छ। आगामी चाडपर्वको समयमा आयात प्रभावित भए त्यसको प्रत्यक्ष असर बजारमा सामानको उपलब्धता, मूल्य र व्यवसायीको नगद प्रवाहमा पर्न सक्ने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ‘एलो गुम्बा’मा विस्थापितको आश्रय, दुई सयभन्दा बढीको एउटै छानो

चितवनमा भोटेकोसी बाढीका ३३५ शव व्यवस्थापन, १२ जनाको मात्र सनाखत

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज देशभर वर्षाको सम्भावना, काठमाडौँमा दिउँसोपछि पानी पर्ने

भोटेकोसी बाढीपछि ‘एलो गुम्बा’मा विस्थापितको आश्रय, दुई सयभन्दा बढीको एउटै छानो

पञ्चकुण्ड तालमा जलवायु सङ्कटको संकेत, १२ वर्षमा क्षेत्रफल ८४६ प्रतिशतले बढेको दाबी

चितवनमा भोटेकोसी बाढीका ३३५ शव व्यवस्थापन, १२ जनाको मात्र सनाखत

कर्णालीले पूरा गर्यो विदेशी खेलाडीको कोटा

सडक अवरुद्ध : कुन–कुन ठाउँमा रोकियो यातायात?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu