काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर दक्षिण कोरियाली वायु सेनाको जहाज काठमाडौं आइपुगेको छ। कोरियन एयर फोर्सको उक्त जहाज बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
भोटेकोसी बाढीबाट ठूलो जनधनको क्षति भएपछि दक्षिण कोरियाले नेपाललाई मानवीय सहयोग उपलब्ध गराउने क्रममा राहत सामग्रीसँगै उद्धार टोलीसमेत परिचालन गरेको छ।
दक्षिण कोरियाली उद्धार टोली यसअघि नै नेपाल आइपुगेको थियो। टोलीले बाढीबाट प्रभावित क्षेत्रमा रहेका सुरुङ तथा अन्य जोखिमयुक्त स्थानमा खोज तथा उद्धार कार्य गरिरहेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन दक्षिण कोरियाले आवश्यक सामग्री र जनशक्तिसहित सहयोग विस्तार गरेको हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्