काठमाडौं । भारतले भोटेकोसी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि पाँचौँ खेप सहयोग नेपाल पठाएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरका अनुसार विशेष उद्धार उपकरण र ५.५ टन अत्यावश्यक औषधिसहित ११ सदस्यीय उद्धार टोली नेपाल पठाइएको हो।
जयशंकरले बुधबार सामाजिक सञ्जालमार्फत उद्धार टोलीसहितको विमान नेपालका लागि प्रस्थान गरिसकेको जानकारी दिनुभएको छ। भारतले यसअघि पनि बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तथा खोज तथा उद्धारका लागि प्राविधिक टोली पठाउँदै आएको छ।
भोटेकोसी बाढीपछि रसुवा तथा आसपासका क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। विशेषगरी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन कामदारको खोजीमा विशेष तालिमप्राप्त टोली परिचालन भइरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्