ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुहेंली सञ्चार सहकारीको २०औँ साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड २४ लाख


ABC NEWS
१७ भदौ २०८३, बुधबार   १० : १५   बजे

बागलुङ । गुहेंली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको २०औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ।

साधारणसभाको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले सहकारीलाई मजबुत बनाउन शेयर सदस्यहरू सक्रिय हुनुपर्ने बताउनुभयो। केही सहकारी समस्यामा पर्दैमा सबै सहकारीलाई एउटै दृष्टिले हेर्न नहुने उहाँको भनाइ थियो।

उहाँले शेयर सदस्यहरूले सहकारीको गतिविधि र आर्थिक अवस्थाबारे समय–समयमा जानकारी लिने तथा साधारणसभामा प्रश्न र सुझाव राख्ने गरेमा सहकारी थप मजबुत बन्ने बताउनुभयो। सहकारीलाई राम्रो बनाउन सञ्चालक समितिसँगै शेयर सदस्यहरूको पनि महत्वपूर्ण भूमिका हुने उहाँले उल्लेख गर्नुभयो।

साधारणसभामा काठेखोला गाउँपालिका–२ भीमापोखराका वडाध्यक्ष विद्यापति शर्मा, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष खिमबहादुर कार्की, जिल्ला सहकारी संघ शिक्षा उपशाखाका सदस्य मुकुन्द शर्मा पौडेल, गुहेंली सञ्चार सहकारीका सल्लाहकार चन्द्रमणि उपाध्याय तथा ढोरपाटनन्यूजडटकमका सम्पादक रञ्जिता शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

साधारणसभाले सहकारीका सचिव सूर्यबहादुर थापाले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विनोद कार्कीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।

सहकारीले आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरूलाई समेत सम्मान गरेको छ। उत्कृष्ट बचतकर्ताका रूपमा युक्तप्रसाद शर्मा, उत्कृष्ट ऋणी मिना परियार र उत्कृष्ट बाल बचतकर्ताका रूपमा रेखा थापालाई सम्मान गरिएको हो।

त्यस्तै, सहकारीका संस्थापक उपाध्यक्ष टीकाराम उपाध्यायले आमाबुबाको स्मृतिमा स्थापना गर्नुभएको कला गौरी स्मृति कोषबाट प्रदान गरिने २०८२ सालको पत्रकारिता पुरस्कार ढोरपाटनन्यूजडटकमका सम्पादक रञ्जिता शर्मालाई प्रदान गरिएको छ। पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएको भन्दै शर्मालाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको हो। कोषबाट सहकारीका ज्येष्ठ शेयर सदस्य इकाराज शर्मालाई पनि सम्मान गरिएको छ।

साधारणसभामा सहकारीका संस्थापक सञ्चालक तथा गुहेंली सञ्चार सहकारीमा एकीकरण भएका सहकारीका संस्थापकहरूलाई समेत सम्मान गरिएको थियो। सहकारीको स्थापनादेखि सञ्चालनसम्म महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै संस्थापक अध्यक्ष खिमबहादुर कार्की, एकीकृत युनिक सञ्चार सहकारीका संस्थापक अध्यक्ष कृष्णमैया अधिकारी, सूर्यमुखी कृषि तथा पशु व्यवसायिक सहकारीका संस्थापक सचिव प्रजापति शर्मा र सक्षम बचत तथा ऋण सहकारीका संस्थापक सचिव प्रसाद थापालाई सम्मान गरिएको हो।

अध्यक्ष तारा केसी कार्कीको अध्यक्षतामा सम्पन्न साधारणसभामा उपाध्यक्ष गीता हमालले स्वागत मन्तव्य र सचिव सूर्यबहादुर थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

सहकारीको हाल शेयर पुँजी १ करोड २४ लाख ८५ हजार ९ सय रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८२/०८३ मा सहकारीले ३७ लाख ३१ हजार ६ सय ५२ रुपैयाँ आम्दानी गरेको छ भने ३६ लाख २१ हजार ७ सय १२ रुपैयाँ खर्च गरेको जनाएको छ।

२०६४ सालमा काठेखोला गाउँपालिका–२ भीमापोखरामा ३४ जना शेयर सदस्यबाट स्थापना भएको सहकारीमा हाल ८ सय ८७ जना शेयर सदस्य रहेका छन्। भीमापोखरामा मुख्य कार्यालय रहेको सहकारीले बागलुङ बजारमा सेवा केन्द्रसमेत सञ्चालन गर्दै आएको छ। सहकारीले ‘जननिगरानी’ साप्ताहिक पत्रिका र ‘खबरवे’ अनलाइनसमेत सञ्चालन गर्दै आएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि पत्रकार टेकराज थामीसहित पाँच परिवारका सदस्य सम्पर्कविहीन

रेबान पोखराद्वारा प्रधानमन्त्री राहत कोषमा १२ लाख २७ हजार सहयोग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढीपछि पत्रकार टेकराज थामीसहित पाँच परिवारका सदस्य सम्पर्कविहीन

Apple Changes Name of Lake Ontario to ‘Lake America’ in Maps App

IAEA Confirms Syria Built Nuclear Reactor Under Assad

Iran Accuses US of Bombing Wedding Party, Killing Five

Nepal and Japan Mark 70 Years of Diplomatic Relations

HoR Meeting Today to Discuss Bhotekoshi Flood Impact

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu