काठमाडौं । भोटेकोसी बाढीपछि पत्रकार टेकराज थामी सम्पर्कविहीन भएका छन्। नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका थामी भदौ १० गतेदेखि सम्पर्कविहीन भएको जानकारी दिएका छन्। नयाँ पत्रिका दैनिकमा कार्यरत थामी केरुङ हुँदै तिब्बततर्फ जाने क्रममा सम्पर्कविहीन भएको महासंघले जनाएको छ। त्यसैगरी, नुवाकोटको विदुर–७ बाट पत्रकार निराजन पौडेलका परिवारका पाँच जना सदस्य पनि सम्पर्कविहीन भएका छन्। पत्रकार पौडेलका बुवा, आमा, काका र बहिनीसहित पाँच जना परिवारका सदस्य सम्पर्कविहीन भएको पौडेलले जानकारी दिएका छन्। नेपाल पत्रकार महासंघले पत्रकार थामीसहित बाढीपछि सम्पर्कविहीन भएका सबै व्यक्तिको खोजी कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग माग गरेको छ। महासंघले विपद्को अवस्थामा उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन र सम्पर्कविहीन व्यक्तिका परिवारलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउनसमेत आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्