काठमाडौं । भोटेकोसी बाढीले क्षतिग्रस्त बनाएको टिमुरे–केरुङ नाकासम्मको सडक चीनले पुनः सञ्चालनमा ल्याएको छ । चीनले रातदिन निरन्तर काम गरेर केरुङ बन्दरगाहसम्म पुग्ने सडक पुनः सञ्चालनमा ल्याएको हो । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार सडक सञ्चालनमा आएसँगै उद्धार टोली, राहत सामग्री तथा उद्धार उपकरण प्रभावित क्षेत्रमा पुर्याउन सहज भएको छ । भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढीले नेपालतर्फको टिमुरे र चीनतर्फको केरुङ बन्दरगाह आसपासका सडक तथा संरचनामा ठूलो क्षति पुर्याएको थियो । नेपालतर्फ भने अझै टिमुरे नाकासम्मको सडक सम्पर्क पूर्ण रूपमा पुनःस्थापित हुन सकेको छैन । चीनतर्फ सडक पुनः सञ्चालन भएपछि उद्धार तथा राहत कार्यमा प्रयोग हुने भारी उपकरणसमेत प्रभावित क्षेत्रमा पुर्याउन सहज भएको जनाइएको छ । चिनियाँ उद्धार टोलीसमेत केरुङ बन्दरगाह क्षेत्रमा परिचालित भएको छ । सिन्ह्वाका अनुसार बुधबार बिहान करिब ८ बजेदेखि सडक सञ्चालनमा आएको हो । सडक खुलेसँगै उद्धार टोली, राहत सामग्री र केही उद्धार उपकरण मुख्य उद्धार क्षेत्रमा पुगिसकेका छन् ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्