काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । भदौ १० गते बिहान रसुवा भएर बग्ने भोटेकोसी नदीमा अचानक आएको बाढीले भोटेकोसी र त्रिशूली नदी किनारका बासिन्दालाई ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो । बाढी प्रभावित परिवारलाई सहयोग तथा पीडितको खोजतलास, उद्धार र राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको हो । भदौ १६ गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बैंकका अध्यक्ष किशोरजंग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको समेत उपस्थिति थियो ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्